भगवान शिवलाई धतुरो चढाइन्छ तर तपाई जान्नुहुन्छ धतुरो धार्मिक रूपमा मात्रै नभई कयौ फाइदाका लागि पनि यो महत्त्वपूर्ण रहेको छ । धतुरोको पातहरु र यसको रस आयुर्वेदमा औषधिको रूपमा प्रयोग गरिन्छ। आउनुहोस्, थाहा पाउनुहोस् यसका फाइदाहरु :
घाउ छिटो निको हुन्छ
एन्टीसेप्टिक गुण धतुरोमा मा पाइन्छ, जसले चाँडै गहिरो घाउहरुलाई निको पार्छ। तर यदी घाउ निकै गहिरो छ भने यसको प्रयोग गर्नुहुँदैन ।
धतुरोमा एन्टीइन्फ्लेट्री गुण पाइन्छ । जसका कारण यसले सामान्य चोट लाग्दा या सामान्य सुजनलाई कम गर्न सहयोग गर्दछ ।
चोटका कारण सूजन हटाउनका लागी, यसको धतुरोको फललाई राम्रोसँग कुट्नुहोस् । यसलाई पेस्ट बनाएर सुन्निएको ठाउँमा लगाएर राहत लिन सकिन्छ ।
कान दुखाईलाई राहत दिलाउन
कानदुखेको छ या कुनै घाउन भएको छ भने धतुरोको प्रयोग गर्न सकिन्छ । किनभने यसमा इन्फेल्मेट्री गुण पनि पाइन्छ । यद्यपि बच्चाको कानमा प्रयोग गर्नुभन्दा पहिले आयुवेर्दिक डाक्टरसँग सल्लाह लिनुहोस् ।
शरीर तातो राख्छ
धतुरो शरीरलाई गर्मि राख्ने फल हो । वैज्ञानिक रूपमा धतुरो सीमित मात्रामा लिदा औषधिको काम गर्छ । तर, ज्यादा लिदा यो शरीरका लागि हानिकारक हुनसक्छ ।
जोर्नी दुखाईबाट राहत मिल्छ
यदी तपाईबाट जोर्नीबाट दुखाईबाट हैरान हुनु भएको छ या खुट्टा सुन्निएको छ या भारती पन लागेको छ भने तब तपाई धतुरोको पात पिसेर यसको लेप लगाउन सकिन्छ । यसले तपाईलाई तत्काल आराम मिल्नेछ ।
किनभने यो फल गर्मि भएका कारण मांशपेशीहरुलाई प्राकृतिक रुपमा नरम बनाउछ । जसको कारण बिरामीलाई तत्काल राहत मिल्छ। धतुरोको रसलाई तिलको तेलमा मिसाएर लगाउदा विरामीलाई फाइदा मिल्नेछ । यद्यपि, त्यसलाई यसलाई थोरै तातो बनाएर लगाउनु लाभदायक छ।
धनुरोमा केही विषाक्त तत्वहरु छन्, त्यसैले यो खानामा बिल्कुल नै प्रयोग गर्नु हुँदैन । त्यस्तै, कुनै पनि घरेलु उपचार लिनु अघि, तपाइँले एक पटक एक आयुर्वेदिक डाक्टरसँग परामर्श गर्नु पर्छ।