शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनसहितको नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य र विशेषता थाहा पाउनुहोस्

शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनसहितको नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य र विशेषता थाहा पाउनुहोस्

अर्थ डबली
सोमवार, साउन १८ २०७८
अर्थ डबली
सोमवार, साउन १८ २०७८ (अर्काइभ बाट)
  • शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनसहितको नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य र विशेषता थाहा पाउनुहोस्

    काठमाडौँ / फोर्ड नेपालले ६ स्पीड अटोमेटिक गियरबक्स भएको १.२ लिटर शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फिगो २०२१ सार्वजनिक गरेको छ । 

    images
    images

    फोर्ड नेपालले फिगो श्रृङ्खलाका फोर्ड फिगो टाइटेनियम एटी र फोर्ड फिगो टाइटेनियम प्लस एटी गरी दुई नयाँ भेरियन्ट सार्वजनिक गरेको हो । 

    ग्राहकको छनोटलाई मुख्य प्राथमिकतामा राखेर उपयुक्त मूल्यमा उत्कृष्ट प्रदर्शनीसहितको उत्पादन विक्री गर्दै आएको फोर्ड नेपालले ल्याएको २०२१ को संस्करणको फिगो पेट्रोल अटोमेटिक इन्जिनका साथ टाइटेनियम र टाइटेनियम प्लस भेरियन्टमा उपलब्ध छ । 

    Ford.JPG

    ‘फोर्ड ग्राहकको सेवाका लागि सँधैँ प्रतिवद्ध छ र बहु बजारमा स्वचालित टेक्नोलोजी पेश गर्नमा गर्व गर्दछ,’ भारतका लागि फोर्डको विक्री तथा सेवा बजार प्रवन्धक विनय रैनाले भने, ‘अतुलनीय प्रदर्शन, सुरक्षा, उत्कृष्ट प्रविधका साथ सेग्मेन्ट आधार कनेक्टिभिटीमा सँधैँ गम्भीर रहने गरेकोमा फिगो टाइटेनियमले  ए एम टी  त्यति मन नपराउने  नयाँ खरिदकर्ताका माझ उत्कृष्ट प्रदर्शनी गर्नेमा हामी ढुक्क छौँ ।’

    विशेषताहरू

    टाइटेनियममा १५ इन्च आलुमुनिय र म्याग्नेसियमले भरिभराउ चक्का, उचाइ सन्तुलन चालक सिट र पछिल्लो लहरमा बस्नेका लागि हेडशेट, ७.० इन्च टचस्क्रिन सूचना प्रणाली पहिचानकर्ता, म्यानुअल एसी, ह्विल माउन्टेड नियन्त्रक स्टेरिङ, डबल एयरब्याग, स्वचालित बाहिरी साइड मिटर र ईएसपी लगायत विशेषता रहेका छन् ।

    यीबाहेक टाइटेनियम प्लसमा भने थप विशेषताका रुपमा साइड कर्टेन एयरब्याग, अटोमेटिक एसी, अटो हेडलाइट र वाइपर, इलेक्ट्रोक्रोमिक आइआरभीएम, शक्ति तहको मिरर, फ्रन्ट फग ल्याम्प्स र पछाडि वासर एवं वाइपर र डिफोगर रहेका छन् ।

    fordd].JPG

    स्वचालित इन्जिनयुक्त नयाँ फिगो ड्राइभिङका लागि प्रभावकारी १.२ एल टिआईभिसिटि पेट्रोल इन्जिनमा रहेको छ, यसले ९६ शक्ति उत्सर्जन गर्दछ ।

    फोर्ड फिगो ए एम टी जस्ता लुकलाइक अटोमेटिक मन पराउँदैन, उनीहरुका लागि स्वचालित विकल्पका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार नयाँ फिगो एटी स्पोर्ट मोड र सेलेक्टशिफ्ट फिचरका साथ उत्कृष्ट प्रदर्शनी, शोधन र सञ्चालनहरुको संयोजनबाट सुसज्जित छ । 

    नयाँ फिगो एटी नयाँ स्पोर्ट मोडल र सेलेक्टशफ्ट फिचरमा उपलब्ध छ, स्पोर्ट मोडले अप्टिकल गियरलाई तीव्र म्यानुअल्ली रुपमा गियर परिवर्तन गर्न सहज हुने गरी गियर प्रसारणको अनुमति दिने कम्पनीको दावी छ । 

    नयाँ फिगो अधिक सुरक्षा सुविधा र ६ एयरब्याग, ट्र्याक नियन्त्रण प्रणाली (टीसीएस) र हिल प्रक्षेपण सुविधा(एचएलए)का साथ उपलब्ध रहेको छ । 

    नयाँ फोर्ड फिगो ग्राहकको सुविधालाई एकदमै प्राथमिकतामा राखेर १ लाख किलोमिटर, ३ वर्षे वारेन्टी र न्यून मेन्टेनेन्स खर्चका साथ उपलब्ध छ ।

    अधिकतम छनोट सुविधा र  औचित्य वृद्धिका  साथ फिगो एटीले सर्वश्रेष्ठ औद्योगिक विशेषता प्रदान गरेको छ, जस्तै : वर्षा सेन्सर वाइपर, अधिक सुविधाका लागि इलेक्ट्रोक्रोमिक आइआरभीएम

    उत्कृष्ट सुविधाका लागि ७.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली रहेको छ । 

    साइड कर्टेन एयरब्याग, स्टान्डर्ड डबल फ्रन्ट एयर ब्याग, ट्र्याक नियन्त्रक प्रणाली, विद्युतीय स्थीरता नियन्त्रक र उच्च सुरक्षाका लागि अति उत्कृष्ट सेफ्टी सुविधा रहेको कम्पनीको दावी छ । 


    उन्नत संस्करणमा फोर्ड फिगो मारुती सुजुकी, ह्युन्डाइ ग्राण्ड आई १० एनआईओएस, ह्युन्डाइ आई २० र फक्सवागन पोलो ह्याचब्याकको प्रतिस्पर्धीको रूपमा बजारमा उतारिएको छ ।

    भर्खरै सार्वजनिक फिगो आईटी श्रृखलाका २०२१ मा फोर्डले बेजोड सुरक्षा, कनेक्टिभिटी र सुविधालाई मुख्य प्राथमिकतामा राखेर निर्माण गरिएको छ :

    सुरक्षा सुविधाका मामलामा साइड कर्टेन एयरब्याग, स्टान्डर्ड डबल फ्रन्टेड डबल एयर ब्याग, ट्र्याक नियन्त्रक प्रणाली, विद्युतीय स्थीरता नियन्त्रक र उच्च सुरक्षा सुविधा रहेको कम्पनीको दावी छ । 

    Ford figo.JPG

    मूल्य

    नयाँ फिगो २०२१ डाइमन ह्वाईट, रुबी रेड, मूनडस्ट सिल्वर स्मोकी ग्रे तथा ह्वाईट गोल्ड कलरहरूमा उपलब्ध छ । 
    फोर्ड फिगो टाइटेनियमको मूल्य रु. ३४ लाख ९९ हजार र टाइटेनियम प्लसको मूल्य ३६ लाख ९९ हजार निर्धारण गरिएको छ । 

    नयाँ भेरियन्ट ६ स्पीड, टर्क संपरिवर्तकसहितको अटोमेटिक ट्रान्सिमिसनको ह्याचब्याक सेग्मेन्टको फिगो गाडीका नयाँ उन्नत संस्करण रहेको कम्पनीको दावी छ । 

     जसलाई १.२ लिटर शक्तिशाली पेट्रोल इन्जिन जसले ९६ पीएस पावर र ११९ एनएमसम्म टर्क उत्सर्जन गर्न सक्दछ, उक्त बीएस ६ सँग जोडिएको छ ।

    ड्ड कम्पनीका अनुसार टाइटेनियम र टाइटेनियम प्लस मोडलको फिगोको मूल्य क्रमशः ३३ लाख ९९ हजार र ३६ लाख ९९ हजार रहेको छ, नयाँ अटोमेटिक फिगो ६ स्पीड टर्क र अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ । 

    साताको लोकप्रीय