रियलमीले विश्वकै उत्कृष्ट प्रविधियुक्त स्मार्टफोनहरू नेपाली बजारमा ल्याउने, शङ्कर ग्रुपसँग गर्यो सहकार्य  

रियलमीले विश्वकै उत्कृष्ट प्रविधियुक्त स्मार्टफोनहरू नेपाली बजारमा ल्याउने, शङ्कर ग्रुपसँग गर्यो सहकार्य  

अर्थ डबली
सोमवार, साउन १८ २०७८
अर्थ डबली
सोमवार, साउन १८ २०७८ (अर्काइभ बाट)
  • रियलमीले विश्वकै उत्कृष्ट प्रविधियुक्त स्मार्टफोनहरू नेपाली बजारमा ल्याउने, शङ्कर ग्रुपसँग गर्यो सहकार्य  

    काठमाडौँ / रियलमीले नेपाली बजारमा उत्कृष्ट श्रेणीका उत्पादनहरू प्रस्तुत गर्ने घोषणा गरेको छ । 
    रियलमीले आफ्नो मुख्य रणनीति स्वरूप रियलमीले विश्वकै उत्कृष्ट प्रविधियुक्त स्मार्टफोनहरु नेपाली बजारमा विभिन्न मूल्य श्रेणीमा पु-याउने तयारी गरेको हो ।  

    images
    images

    प्रविधि जगतमा तीव्र रूपमा बजार विस्तार गर्दै गएको रियलमीले नेपालमा आफ्नो बजारीकरण अझ सशक्त पार्दै नेपाली उपभोक्तामाझ स्थानीयकरण र नवीनता मूल मन्त्रका साथ रियलमीले नेपाललाई महत्वपूर्ण बजारको रुपमा लिएको कम्पनीले जनाएको छ । 
     
    नेपाली बजारको लागि रियलमीले शंकर ग्रुपका साथ सहकार्य गर्ने भएको छ । शंकर ग्रुप नेपालका साथ विश्वका विभिन्न भागका बहुक्षेत्रमा परिचित नाम हो । शंकर ग्रुपका साथ रियलमीले नेपाली बजारमा आफ्नो विभिन्न उत्पादनहरुको पहुँच र पकड बनाउन अरुसँग पनि सहकार्य गर्ने छ । 
     
    रियलमीका उपाध्यक्ष तथा रियलमी भारत र युरोपियन बजारका सिईओ माधव शेठले नेपाली बजारको लागी पनि नेतृत्वदायी भुमिका निर्वाह गर्ने भएको छ । 

    माधव शेठको कुशल नेतृत्वका कारण रियलमी व्राण्ड भारतका साथै चेक रिपब्लिक र ग्रीसमा उत्कृष्ट चारमा पर्न सफल भएको छ भने भारतमा फाइभजी स्मार्टफोनमध्ये २०२१ को दोस्रो त्रैमासिकमा रियलमीको हिस्सा २३  प्रतिशत रहेका छ । काउन्टर प्वाइन्टका अनुसार भारतमा मात्र ५ करोड भन्दा बढी उपभोक्तका साथ तिव्र गतिमा यसको माग भएको देखिन्छ ।
     
    रियलमी भारत तथा युरोपका सिइओ तथा उपाध्यक्ष माधव शेठ भन्छन्, “रियलमीको उल्लेख्य यात्राको क्रममा यो एक नयाँ आयाम हो, जुन हामी सबैको लागी गर्वको क्षण हो । रियलमीले भारतमा ठुलो सफलता पाएको छ र नेपाली बजारमा पनि नविनतम प्रविधिका उत्पादनहरु उतकृष्ट मुल्यमा नेपाली उपभोक्ताहरु माझ प्रस्तुत गरी उल्लेखनीय सफलता हासिल गर्ने विश्वस्त छौँ । हामीले सन् २०२२ सम्ममा रियलमीलाई नेपाली स्मार्टफोन बजारमा उत्कृष्ट २ मा पु¥याउने लक्ष्य लिएको छौँ ।”

    उनले रियलमीको उत्कृष्ट ब्राण्डहरू बजारमा ल्याउने बताउदै भने “नेपाली बजार व्यवस्थापन तथा बजारीकरणको नेतृत्व गर्ने नयाँ भुमिकामा बाँधिन पाउँदा म अत्यन्तै हर्षोल्लासित छु र नेपालमा रियलमीको उपस्थितिलाई शानदार बनाउँदै उपभोक्तामाझ रियलमीका उत्कृष्ट उत्पादनहरु प्रस्तुत गर्दै शीर्ष स्थानमा ल्याउन प्रयत्नरत रहने छु ।”
     
    यसै अवसरमा शंकर ग्रुपका प्रवन्ध निर्देशक साहिल अग्रवालले भने “रियलमीसँग साझेदारी गर्न पाउँदा हामी गौरवको अनुभव गरिरहेका छौँ । नेपाली बजारका लागी रियलमीका डिष्ट्रिव्युटरका हिसावले हामी नेपाली उपभोक्तामाझ नवीनतम प्रविधिका उत्पादनहरु मितव्ययी मुल्यमा ल्याउन सक्ने अपेक्षा लिएको छु । रियलमीको यस यात्रामा सहकार्य गर्न पाउँदा अत्यन्त उत्साहित छौँ र यस सम्बन्धलाई आगामी वर्षहरुमा थप सुदृढ बनाउँदै जानेछौ ।”
     
    रियलमीले नविनतम प्रविधि सबैको पहुँचमा पु¥याउने लक्ष्यका साथ मध्यमदेखि प्रिमियम मुल्य श्रेणीमा नेपालमा आफ्ना उत्पादनहरु प्रस्तुत गर्ने उनले बताए । उनले थपे “यस सहकार्यले विश्वको बढ्दो स्मार्टफोन बजारमा अत्याधुनिक प्रविधि, नवीनतम उत्पादन, उपभोक्ता सेवा र असाधारण बजार विस्तारको महत्वकांक्षालाई विकास गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।”
     
    काउन्टरपोइन्टको अध्ययनअनुसार स्मार्टफोनको विश्व बजारमा, यस वर्ष रियलमीको विक्री १३५ प्रतिशतले बढेको र पहिलो वर्षका दोस्रो त्रैमासिक रिपोर्ट अनुसार यस वर्ष यसको विक्री १७ प्रतिशतले बढको कम्पनीको दावी छ । कम्पनीले रिर्पोट अनुसार कुल १० करोड भन्दा बढी विक्री भएको बताएको छ । 

    Real me1.JPG
     
    रियलमी 

    रियलमी अत्याधुनिक प्रविधि क्षेत्रमा नयाँ ट्रेण्डको रुपमा उदाएको ब्राण्ड हो जसले उच्च गुणस्तरका मोबाईल फोनहरुको उत्पादन गरिरहेका छन् । यो रियलमी ब्राण्ड विधिवत रुपमा सन् २०१८ को मे ४ तारिखमा यसका संस्थापकद्धय स्काई लि र माधव शेठले भारतमा स्थापना गरेका थिए । 

    यसका टोलीमा स्मार्ट फोन उद्योगमा व्यापक अनुभव रहेका युवा जनशक्ति समूह रहेका छन् । रियलमीले आफ्ना नयाँ पछिल्ला उत्पादनहरुलाई अत्याधुनिक ट्रेण्ड सेटिङ्ग डिजाइन तथा आर्टिफिसियल ईन्टरनेटमा थप फिचरहरु प्रदान गरी स्मार्ट प्रयोगकर्तासम्म पु¥याउने बताएको छ । 

    रियलमीले साधारण, मध्यम र विशिष्ट फ्ल्यागसिप वर्गमा आफ्ना मोबाइलहरु उत्पादन गरिरहेका छन् । यसमा भारतको पहिलो ५ जी स्मार्ट फोन रियलमी एक्स ५० प्रो ५ जी समेत रहेका छन् ।

    रियलमीले हालसालै भारतमा पहिलो मिडियाटेक डाईमेन्सिटी ८०० यू सहित रियलमी ८ सिरिज, रियलमी ८ प्रो बजारमा ल्याएको छ । यसमा १०८ एमपी इन्फिनिटी क्वाड क्यामेराले सुसज्जीत छन् । रियलमी ८ मा सुपर अल्मोइड डिस्प्ले तथा रियलमी ८ जी मिडियाटेक डाईमेन्सिटी ७०० ५जी प्रोसेसर सहित भारतको पहिलो स्मार्ट फोन बनेको छ ।

    रियलमी एक्स ७ म्याक्स् ५जी डाइमेन्सिटी १२०० ५ जी का साथ भारतको पहिलो स्मार्ट फोन हो । रियलमी एक्स ७  प्रो ५जी, रियलमी एक्स ७ ५जी, नार्जो ३० सिरीज रियलमी नार्जो ३० ५जी का साथ रियलमी नार्जो ३० ४जी ; नार्जो ३० प्रो ५ जी सबैभन्दा शक्तिशाली ५जी गेमिङ्ग मिडरेन्जर तथा रियलमी नार्जो ३० ए, पावरफूल बजेट गेमिङ्ग रहेका छन् । 

    रियलमीको उत्पादन श्रेणीमा उत्कृष्ट ४ जी फ्ल्यागसिपहरु रियलमी एक्स ३ र एक्स ३ सुपरजुम, इन्ट्री लेभल भ्यालु किङ्ग रियलमी सी ११, रियलमी सी १२ तथा रियलमी सी १५ रहेका छन् । यसका ६४ एमपी क्वाड क्यामेरा फोन – रियलमी ७ आई रियलमी ७ विश्वको पहिलो हेलियो जी ९५ प्रोसेसर तथा ६४ एम पी क्वाड क्यामेरा भएको सबैभन्दा छिटो चार्ज हुने ६४ एम पी फल्यागसिप रियलमी ७ प्रो टेक्नोलोजीमा चासो राख्ने युवाहरुलाई लक्षित गरी उत्पादन गरेका छन् । यसै रणनिति अन्तर्गत रियलमीले सन् २०२० मा युवाहरुलाई लक्षित गरी ग्ल्क्ष् क्mबचत ब्क्ष्यत् रणनिती लिएको छ ।

    पछिल्लो पटक रियलमी  वाच एस सिरिज, रियलमी स्मार्ट टिभी, रियलमी ब्याण्ड, रियलमी बड्स वायरलेस २, रियलमी बड्स वायरलेस २ नियो, रियलमी वाच २ , रियलमी वाच २  प्रो, रियलमी बड्स एअर नियो, रियलमी बड्स क्यू, रियलमी बड्स एअर प्रो, रियलमी बड्स एअर २ सबैभन्दा किफायती एएनसीका साथ रियलमी एड्भान्चर व्याकप्याक, रियलमी ३० डब्लु डाई चार्ज पावर ब्याङ्क, रियलमी एम १ सोनिक इलेक्ट्रिक टुथब्रस, रियलमी एड्भान्चर लगेज, रियलमी टोट ब्याग २.०, रियलमी मोशन एक्टिभेटेड नाइट लाइट, रियलमी गेमिङ एसेसोरिज किट, रियलमी दारी ट्रिमर सिरिज रियलमी हेएर ड्राएर तथा रियलमी यूआई २.० रहेका छन् ।

     सन् २०२१ को दोस्रो त्रैमासिक विवरणमा रियलमी भारतको टप ५जी स्मार्टफोन रहेको छ । साथै यो ब्राण्ड भारतमा ५ करोड उपभोक्ता समक्ष द्रुत गतिमा पुगेको पहिलो ब्राण्ड बनेको छ । 

    काउन्टरपोइन्टका  रिलायवल रिपोर्ट २ रिसर्चका अनुसार रियलमी टी डब्लु एस मार्केटमा पहिलो ब्राण्डको रुपमा रहेको छ यसमा बड्स एअर नियो तथा बड्स क्यू रहेको छ । टेक आर्क द्धारा रियलमीलाई सबैभन्दा कम मर्मत खर्च भएको तथा ग्राहकहरुले सबै भन्दा बढी रुचाइएको नम्बर १ ब्राण्ड घोषित गरेको छ ।

    Real me.JPG

     शंकर ग्रुप 
    शंकर लाल अग्रवालले सन् १९७९ मा आफ्नो विभिन्न व्यापार लाई एककृत गरी शंकर ग्रुपको स्थापना गरेको हो । सुरुका दिन देखीनै उच्च गतिले सफलता प्राप्त यस समूह आज नेपाल तथा विश्व बजारमा एक परिचित व्यवसायिक घरानाको रुपमा स्थापित भइसकेको छ ।

    शंकर ग्रुप वैश्विक बहुमुखी विविध वस्तुहरुको व्यवसाय गर्ने समूहको रुपमा परिचित छन् । यस समूह मुख्यतय दक्षिण एसियामा वस्तुहरुको उत्पादन बजारिकरण तथा सेवा क्षेत्रमा क्रियाशील छन् र साथै विश्वविख्यात बा्रण्ड तथा कम्पनीसगँ सहकार्यमा जोडी नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको छ ।

    शंकर ग्रुप अन्तर्गत ३० भन्दा बढी कम्पनीले १४ विशेष क्षेत्रमा जस्तै स्टील, सिमेन्ट, कपडा, खनिज उत्खनन्, दैनिक उपभोग्य वस्तु, अटोमोबाइल, सेवा, रियल स्टेट, ट्रेडिङ्ग, लगानी आदी क्षेत्रमा क्रियाशील छन् । यस ग्रुप नेपाल र भारतमा आफ्नो व्यवसायका साथ आफ्ना उत्पादनहरु दक्षिण एसियाका अन्य देशमा निर्यात गर्दछन् ।
     
    ८० वर्षभन्दा लामो समयदेखि शंकर ग्रुपले साझेदारको माध्यमबाट गुणस्तरीय उत्पादनहरु तथा सेवा प्रदान गरिरहेको छन् । यसका बहुराष्ट्रिय छाता समूह अन्र्तगत टीभीएस, प्रोटोन, केश हेभी ईक्वीप्मेन्ट, एडीएनओसी, रिइन्सोरेन्स, लुब्रिकेन्ट्स लगायत सँग जोडिएकोमा आगामी दिनमा हिल्टन हस्पिटालिटी सगँ आवद्ध हुँदै छ । 

    साताको लोकप्रीय