७५ लाख बराबर किसानलाई आधुनिक औजार वितरण

७५ लाख बराबर किसानलाई आधुनिक औजार वितरण

अर्थ डबली
सोमवार, श्रावण १८ २०७८
अर्थ डबली
सोमवार, श्रावण १८ २०७८ (अर्काइभ बाट)
  • ७५ लाख बराबर किसानलाई आधुनिक औजार वितरण

     डडेल्धुरा/ कृषि तथा पशुपालनका लागि आवश्यक प्रविधि पाएपछि आलिताल गाउँपालिकाका किसान खुशी भएका छन् । भित्री मधेश क्षेत्रमा रहेको गाउँपालिकामा व्यावसायिक कृषिमा क्रियाशील रहेका किसानलाई कृषि औजार तथा प्रविधि हस्तान्तरण गरिएको छ । 

    images
    images

    आलितालका गाईपालन गर्ने ७५ परिवार, स्थानीय कुखुरापालन गर्ने १०० परिवार, बङ्गुरपालन गर्ने २५ परिवार, बाख्रापालन गर्ने ३० परिवार, आलुखेती गर्ने १०० परिवार, बेमौसमी तरकारी उत्पादन गर्ने ५० परिवार र बहुउद्देश्यीय नर्सरीका १० गरी ३९० परिवारलाई समूहगतरुपमा कृषि औजार तथा प्रविधि हस्तान्तरण गरिएको छ ।

    गाउँपालिका र युएनडिपीको सहयोगमा सामाजिक वातावरण तथा उद्यम विकास समाज नेपाल (सिड्स नेपाल) को सहजीकरणमा किसानलाई प्रविधि हस्तान्तरण गरिएको हो । 

    गाउँपालिका उपाध्यक्ष जलाकुमारी विष्टद्वारा कृषकलाई दुग्ध व्यवसायका लागि डि फ्रिज, मिल्क एनालाइजर, घाँस काट्ने मेसिन, कोदो र गहुँ फल्ने मेसिन, थ्रेसर, धान काट्ने र गोडने मेसिन, मकै छोडाउने मेसिन, ह्याचरी मेसिनलगायतका करिब रु ७५ लाख बराबरको प्रविधि हस्तान्तरण गरिएको जनाइएको छ ।

    कोभिड प्रभावित कृषकलाई सहज कृषि तथा पशुपालन, उत्पादन वृद्धि र व्यावसायिकताका लागि मागका आधारमा आवश्यक कृषि औजार तथा उपकरण उपलब्ध गराइएको हो । दिगो आयआर्जजका लागि प्रविधिले महत्वपूर्ण टेवा पुगाउने युएनडिपीका सुदूरपश्चिम प्रमुख वैजन्ती गिरी सिंंहले बताए । 

    महामारीबाट प्रभावित युवा, एकल महिला दलित जनजातिलगायत समुदायका विपन्न परिवारलाई कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने र आर्थिक उपार्जनको दिगो माध्यमका उपकरण हस्तान्तरण गरिएका हुन् । उपकरण पाएपछि स्थानीय कृषक उत्साहित भएको आलिताल–७ चाइबान्नीगडाका अगुवा कृषक गणेश महराले बताए । 

    धान काट्ने चुट्ने, गाईबस्तुका लागि घाँस काट्ने मेसिन औजार तथा प्रविधि पाएपछि आफूहरुको दैनिकी पनि सहज र समयको बचतसँगै आम्दानीका लागि पनि उत्साहजनक रहेको कृषक पार्वती विष्टले बताए । 

    यति ठूलो रकम बराबरको यान्त्रिक सहयोग निरन्तर प्रयोगमा आउनुपर्ने र आम्दानीका स्रोतलाई पारिवारिक जीवनमा सफल देखिनुपर्ने तथा अझै व्यावसायिक बनाउन कृषक थप क्रियाशील रहनुपर्ने वडा नंं ५ का वडाध्यक्ष प्रकाश बोहराले बताए । 

    साताको लोकप्रीय