सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्यादी जीवन बीमा बापत दाबी रकम हस्तान्तरण

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्यादी जीवन बीमा बापत दाबी रकम हस्तान्तरण

अर्थ डबली
सोमवार, श्रावण १८ २०७८
अर्थ डबली
सोमवार, श्रावण १८ २०७८ (अर्काइभ बाट)
  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्यादी जीवन बीमा बापत दाबी रकम हस्तान्तरण

    काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त जन उत्थान सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेडसँगको साझेदारीमा स्व.रूपा परियारको परिवारलाई बीमा दावी भुक्तानी गरेको छ । 

    images
    images

    कम्पनीले म्यादी जीवन बीमा बापत बीमावापत उनको श्रीमन रव परियारलाई ४ लाख ८४ हजार ६४९ रुपैयाँ बीमा वापतको चेक हस्तान्तरण गरेको हो । 

    जन उत्थान सामुदायिक लघुवित्त बित्तीय संस्थाको सदस्य रहेकी ३३ बर्षीय रुपा परियारको गत फाल्गुन ८ गतेको दिन नल्का चलाउने क्रम खसेर निधन भएको थियो । बीमा वापत उनले ६ लाख ४३ हजार रकम पाउनु पर्ने भए पनि उक्त संस्थापबाट लिएको ऋण कट्टा गरी बीमा दावी भुक्तानी गरिएको कम्पनीले जनाएको छ । उनले २ वटा सामान्य र एउटा मौसमी गरी ३ वटा ऋण उपभोग गरेकी थिइन । 

    शुक्रबार नेपालगन्ज ४ बौद्ध मार्ग ५ क (२३) परिवारको निवासमा एक कार्यक्रमबीच उनले उक्त संस्थाबाट लिएको ऋण १ लाख ५८ हजार ३ सय ५१ कट्टा गरी संस्थाकी केन्द्रिय प्रमुख भगवती भण्डारी र सिटिजन लाइफ इन्स्योरेन्स पश्चिम क्षेत्रका चिफ बिजनेस अफिसर धोज बहादुर खड्काले संयुक्त रूपमा उनका श्रीमानलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

    दावी भुक्तानी रकम हस्तान्तरण कार्यक्रममा बोल्दै अफिसर खड्काले आफुहरुले बिमा दाबी बापतको रकमलाई समयमै हस्तान्तरण गर्दै आएकाले रकम बैशाखमै बीमा कम्पनीले जनउत्थानलाई हस्तान्तरण गरी सकेकोले कोभिडका कारण ढिलाई भएको बताए । 
    परियारको श्रीमान रवि परियारलाई उनको अबको पारिवारिक जिम्मेवारी बारे सम्झना गराउँदै स्व. रुपा परियारको फोटो माथी फूल अर्पण गरेका थिए । 

    जनउत्थानका केन्द्रिय पम्रुख भगवती भण्डारीले स्व. रुपा परियार संस्थामा कार्यरत एक ईमानदार प्रतिनिधि रहेकाले आफुहरुले संस्थाको एक परिवार सदस्य गुमाएकाले कोभिड–१९ का कारण सरकारले कुनै प्रकारको गोष्ठी, सभा नगर्न नगराउन आदेश गरी सके पश्चात समयमै रकम हस्तान्तरण गर्न कठिनाई भएको जानकारी दिएका थिए । २ जना छोरा रहेकी परियार २०७६ बैशाख ९ गते संस्थामा आबद्ध भएकी थिइन ।

    उक्त रकम हन्तान्तरण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल, मानव संसाधन प्रमुख इन्द्र बराली, आलेप प्रमुख बसन्त बच्भैया, क्षेत्रीय कार्यालय कोहलपुरका अनुगमन अधिकृत मधुकुँवर, शाखा पम्रुख रमेश सुनार, कर्मचारी आयुष न्यौपाने, सावित राम थारु, कृष्ण प्रसाद थारु, बिशाल शोव र जन उत्थानका अन्य प्रतिनिधि, परियारका आफन्त, पत्रकार लगायत उपस्थित भएका थिए ।

    साताको लोकप्रीय