राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक कुनै पनि तलबभत्ता र सुविधा नलिने, यस्ता छन् उनको १० घोषणा 

राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक कुनै पनि तलबभत्ता र सुविधा नलिने, यस्ता छन् उनको १० घोषणा 

अर्थ डबली
सोमवार, श्रावण १८ २०७८
अर्थ डबली
सोमवार, श्रावण १८ २०७८ (अर्काइभ बाट)
  • राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक कुनै पनि तलबभत्ता र सुविधा नलिने, यस्ता छन् उनको १० घोषणा 

    काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरेर उनले पारिश्रमिक, आवासलगायत सुविधा नलिने तर सुरक्षाकर्मी भने लिने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले एक सय दिनको कार्ययोजनासमेत अगाडि सारेका छन् ।

    images
    images

    यस्ता छन् उनको १० घोषणा

    1. सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सुविधामध्ये सुरक्षाकर्मीबाहेक सवारीसाधन, आवास र तलबभत्ता लगायत कुनै पनि पारिश्रमिक, भत्ता र सुविधा नलिने घोषणा गर्दछु ।

    2. कोभिड–१९ को उपचारका लागि पूर्वाधारको विस्तार, जनशक्ति व्यवस्थापन, पीपीई लगायत अत्यावश्यक सामग्रीको व्यवस्थापन गरिएको छ । अतिरिक्त जनस्वास्थ्यकर्मीहरू परिचालन गरी कोभिड–१९ को एन्टीजेन र पीसीआर परीक्षणको दायरा व्यापक विस्तार गरिने छ ।

    3. मैले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि वयस्क तथा किशोर–किशोरी समेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोनसोन एण्ड जोनसोन खोप ५० लाख, फाइजर ४० लाख र अस्ट्राजेनिका २० लाख गरी कुल १ करोड ५० लाख मात्रा खरिद सम्झौता भइसकेको जानकारी गराउन चाहन्छु ।

    4. निकट भविष्यमा आउन सक्ने कोभिड–१९ को तेस्रो लहरको सामना गर्नका लागि समयतालिका सहितको विशेष रणनीति र कार्ययोजना अविलम्व सार्वजनिक गरिने छ । कोभिड–१९ को तेस्रो लहर फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्ड राम्रोसँग पालना गर्न सम्पूर्ण नेपालीहरूसँग हार्दिक अपिल गर्दछु ।

    5. आइसीयू, एचडीयू, भेन्टिलेटरको उचित प्रबन्ध गरिनेछ । कोभिड–१९ बिरामीका लागि प्राणवायु अक्सिजनमा शून्य नाफा (जीरो मार्जिन) कायम गरी अविलम्व कार्यान्वयनमा ल्याइनेछ  

    6. विदेश जाने प्रयोजनका लागि खोप लगाएको प्रमाणपत्र सरकारी सम्पूर्ण अस्पतालबाट सहज तरिकाले वितरण गर्ने प्रबन्ध मिलाइएको छ । आवश्यकताअनुसार उक्त वितरण केन्द्र थप गरिने छ ।

    7. कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ ।

    8. गैरसरकारी क्षेत्रलाई सेवा प्रदायककारूपमा परिचालन गरिनेछ । सर्वव्यापी स्वास्थ्य कभरेजको लक्ष्य हासिल गर्न यगत याा उयअपभत भहउभलमष्तगचभलाई कम गर्दै बीमामार्फत आम नागरिकको चिकित्सकीय स्वास्थ्य सेवाको आवश्कतालाई परिपूर्ति गर्न विशेष पहल गरिनेछ ।

    9. आर्थिक गतिविधिका दृष्टिले महत्वपूर्ण, बढी आवागमन हुने र जनसांख्यिक चाप रहेका प्रमुख शहरी केन्द्रहरू काठमाडौँ, बुटवल–भैरहवा, पोखरा, वीरगञ्ज, विराटनगर, धनगढी, नेपालगञ्ज, सुर्खेत, जनकपुर, दमक लगायतका सहरमा प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी सुलभ, व्यवस्थित र सरल ढंगले खोप वितरण गरिनेछ ।

    10. सरकारले पहिलो चरणमा कोभिशील्ड खोप लगाएका १३ लाख ४८ हजार नागरिकलाई जापान सरकारको अनुदानमा प्राप्त हुन लागेको अष्ट्राजेनेका खोप प्राप्त हुनासाथ ३ दिनभित्र वितरण गरिनेछ । दोस्रो मात्रा खोपको प्रतिक्षामा रहनु भएका जेष्ठ नागरिकहरूलाई अविलम्व खोपको व्यवस्थापन गर्नेछु । 

    नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका थिए । श्रेष्ठले स्वास्थ्य, शिक्षा, कृषि तथा जलविद्युतलगायत क्षेत्रमा लगानी गरेका छन् । उनले आफू राज्यमन्त्री रहुन्जेल ती संघसंस्थाबाट अलग हुने पनि बताए।
    व्यापारीसमेत रहेका सांसद श्रेष्ठलाई मन्त्री बनाएकोमा पार्टीभित्र र बाहिर पनि प्रधानमन्त्री देउवाको आलोचना भएको थियो ।  

    साताको लोकप्रीय