प्रिमियर स्टील बन्यो ३६ एम एममा गुणस्तर प्रमाणित पहिलो कम्पनी, आयात गर्नुपर्ने बाध्यताको अन्त्य 

प्रिमियर स्टील बन्यो ३६ एम एममा गुणस्तर प्रमाणित पहिलो कम्पनी, आयात गर्नुपर्ने बाध्यताको अन्त्य 

अर्थ डबली
सोमवार, साउन १८ २०७८
अर्थ डबली
सोमवार, साउन १८ २०७८ (अर्काइभ बाट)
  • प्रिमियर स्टील बन्यो ३६ एम एममा गुणस्तर प्रमाणित पहिलो कम्पनी, आयात गर्नुपर्ने बाध्यताको अन्त्य 

    काठमाडौँ / प्रिमियर स्टिल ३६ एम एम समूह (क्याटोगरी) मा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल नेपालको पहिलो कम्पनी बन्न सफल भएको छ । 

    images
    images

    ३६ एम एम को छड ठूला परियोजनाहरू जस्तैः हाइड्रो पावर, पुल तथा ड्यामहरूको निर्माणमा प्रयोग गर्ने गरिन्छ । यस अघि ३० एम एमको छड छिमेकी मुलुक भारतबाट वा अन्य मुलुकहरुबाट आयात गर्ने गरिन्थ्यो, यसले गर्दा निर्माण कार्यलाई केही आपूर्तिमा ढिलाइ हुन सक्दथ्यो । अब उपरान्त नेपाल गुणस्तर प्रमाण प्राप्त प्रिमियर स्टिलको उत्पादनसँगै आयात गर्नु पर्ने बाध्यताको अन्त्य भएको छ । 

    प्रिमियर स्टीललले  Fe 500, Fe500D Graded TMT Rebar, Torkari Qmeel, Binding Wires तथा SWG  को प्रयोग गरी उत्पादन गर्दै आएको छ । 

    प्रदेश नम्बर १ को सबैभन्दा ठूलो स्टील कम्पनीका रुपमा स्थापित यस कम्पनीले दैनिक ८०० मेट्रिक टन उत्पादन क्षमता राख्दछ । कम्पनीले ८ एम एम देखि ४० एम एम सम्मका छडहरुको उत्पादन गर्दै आएको छ ।  

    सो अवसरमा प्रिमियर स्टिलका सेल्स एण्ड मार्केटिङ्ग डाइरेक्टर सौरभ सारडाले भने “हामीले प्रिमियम बिलेटहरुको मात्र प्रयोग गरेर टिएमटि बार उत्पादन गर्दै आएको छौं, यसले गर्दा हाम्रा उत्पादनहरु उच्चस्तरीयताको सुनिश्चितता प्रदान गर्न सक्षम भएका छन् । ३६ एम एम नेपाल गुणस्तर प्रमाण प्राप्त डन्डी पनि यसको एक ज्वलन्त प्रमाण हो ।”

    पूर्ण रुपमा कम्प्युटर कन्ट्रोल्ड मेसिनहरुको प्रयोग गरी उत्पादन गरिने भएको हुँदा प्रिमियर स्टिलका उत्पादनहरु सधै उस्तै घनत्व (MASS) एवं उच्चस्तरीय सर्फेसको साथ बारको डायमिटर सधैं एकनासको प्राप्त गर्न सकिने उनले बताए । उनले भने “अधिक लचकता र अन्य महत्वपूर्ण तत्व मार्फत बनाइने हुनाले यस ब्रान्डको स्टिलले घर निर्माण गर्दा भौतिक पूर्वाधारको आयु लामो हुन्छ ।  हाम्रो परीक्षणले २५ देखि ३० वर्षसम्म आयु लम्बिने देखाएको छ ।”

    प्रिमियर स्टिल सारडा र राठी ग्रुपको संयुक्त लगानी भएको संस्था हो । प्रिमियर स्टिलको उत्पादन दुहबी सुनसरीमा भइरहेको छ । यस कम्पनीको दैनिक ८ सय टन स्टिल उत्पादन गर्ने क्षमता छ ।

    प्रिमियर स्टिलको देशभर रहेको छ भने कम्पनीले उत्पादनलाई आक्रमक रूपमा अघि बढाएको छ । बजारमा एउटा भिन्नै छाप छोडेका छौँ । अन्य ठाउँमा पनि विस्तार गर्दै लैजाने छौँ । अहिले डन्डीमा उच्च प्रतिस्पर्धा छ । कम्पनीले यस अघि नै एनएस–३४४ र आइएसओ–९००१ गुणस्तरीय चिह्न पाइसकेको छ ।

    प्रिमियर स्टिल प्रयोग गर्ने उपभोक्ताका लागि आ–आफ्नो रोजाइअनुसार छनोट र प्रयोग गर्न सकिने अवस्था छ । कम्पनीका अनुसार उच्च लचतकता प्रिमियर स्टिलको महत्वपूर्ण विशेषता हो । आगो नलाग्ने विशेषता पनि छ । यही विशेषताले प्रिमियर स्टिललाई बजारमा चाडै नै स्थापित गराएको र आगामी दिनमा अझै प्रगति गर्ने कम्पनीको दावी छ । 

    साताको लोकप्रीय