धितोपत्र बजारका कर्मचारीहरुसँग जोडिएर आएको विषयहरु के हो ? बोर्ड स्वतन्त्र कर्मचारी संगठनले यस्तो भन्यो 

धितोपत्र बजारका कर्मचारीहरुसँग जोडिएर आएको विषयहरु के हो ? बोर्ड स्वतन्त्र कर्मचारी संगठनले यस्तो भन्यो 

अर्थ डबली
सोमवार, साउन १८ २०७८
अर्थ डबली
सोमवार, साउन १८ २०७८ (अर्काइभ बाट)
  • धितोपत्र बजारका कर्मचारीहरुसँग जोडिएर आएको विषयहरु के हो ? बोर्ड स्वतन्त्र कर्मचारी संगठनले यस्तो भन्यो 

    काठमाडौं / नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले  पछिल्लो समय धितोपत्र बोर्ड तथा बोर्ड सम्बद्ध निकाय तथा पदाधिकारीहरुसँग जोडिएर विभिन्नसमाचारहरुप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    images
    images

     नेपालको पूँजि बजारमा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता भई पूँजि बजारको तिब्र विकास भई रहेको सन्दर्भमा यस्ता समाचारले संगठनको ध्यान तानेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 


    संगठनले विज्ञप्तिमा भनेको छ, ‘विगत केही समय यता नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा देखा परेका समस्याहरुको समाधान गर्दै बजारको समग्र सुधार तथा विकासका लागि नीतिगत तथा कानुनी संरचनामा परिर्वतन गरेको छ ।’ 
    र सोको प्रभाव धितोपत्र बजारमा सकारात्मक रहि बजारमा लगानीकर्ताहरुको मनोवल बृद्धि हुँदै गएको संगठनले बताएको छ । 

    धितोपत्र बजारको विश्वसनीयता, पारदर्शीता र स्थिरताको साथै अन्तर्राष्ट्रिय सिद्धान्त तथा असल अभ्यास अनुरुप बजार संचालन हुनुपर्ने विषयलाई प्राथमिकता दिई सोही अनुरुपको बजार विकासको लागि संगठन तथा कर्मचारी स्तरबाट निरन्तर योगदान गर्दै आएको दावी गरेको छ । 


    बोर्डबाट बजार सुधार गर्ने क्रममा धितोपत्र बजारमा रहेका संचालनात्मक तथा संरचनात्मक कमीकमजोरीहरुमा सुधारको प्रयासमा व्यवधानजन्य कार्यहरु भए गरेको विभिन्न सामाजिक संजालमा राखिएका सामाग्रीहरुबाट देखिएको विज्ञप्तिमा भनिएको छ, यस्ता गतिविधिहरुबाट धितोपत्र बजारको निरन्तर सुधार तथा विकास कार्यमा लाग्ने धितोपत्र बोर्डका कर्मचारी तथा सम्बद्ध निकायका कर्मचारीहरुको मनोवलमा नकारात्मक प्रभाव पर्नु पर्नेछ । 

     बजार विकासमा अवरोध आउन सक्ने विषयमा चेतावनी दिदै सवैलाई संयमित तथा चनाखो हुन अनुरोध समेत गरेको छ । 

    पूँजि बजारको संवेदनशीलतालाई मध्यनजर गर्दै लगानीकर्ताको लगानीको सुरक्षा गर्ने विषय सम्पूर्ण सरोकारवाला पक्षहरुको सकारात्मक योगदानबाट मात्र सम्भव हुने संगठनले ठहर गरेको छ । 

    पछिल्लो समय धितोपत्र बोर्ड, बोर्डका पदाधिकारी तथा धितोपत्र बजारका सम्बन्धमा संचार माध्यमहरुमा आएका विषयहरुलाई सम्बन्धित निकायबाट बिना पूर्वाग्रह सत्य तथ्यमा आधारित भई आवश्यक्तानुसार वास्तविकता वाहिर ल्याउन आग्रह गर्दै बोर्डको कार्य बातावरणलाई प्रभावित हुन नदिन पनि संगठनले अनुरोध गरेको छ । 

     
    अन्त्यमा बोर्ड र बोर्ड सम्बद्ध निकायहरुसँग जोडिएर आएका विषयहरुमा सत्य तथ्य विवरण आधिकारिक निकायबाट प्रेषित हुने हुँदा पूँजि बजारलाई प्रभाव पार्ने भ्रामक एवम् तथ्यहिन विषय बाहिर प्रकाशन नगर्न सम्पूर्णमा यस नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले अपिल गरेको छ । 

     

    साताको लोकप्रीय