मकर जितुमाया सुरी हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

मकर जितुमाया सुरी हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

अर्थ डबली
सोमवार, साउन १८ २०७८
अर्थ डबली
सोमवार, साउन १८ २०७८ (अर्काइभ बाट)
  • मकर जितुमाया सुरी हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

    काठमाडौँ / मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आइपिओ निष्काशन तथा बिक्रीका लागि प्रभु क्यापिटल लिमिटेडलाई प्रबन्धकमा नियुक्त गरेको छ । 

    images
    images

    मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आइपिओ निष्काशन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको हो ।  मकर जितुमाया सुरी हाइड्रोपावरका कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले संयुक्त रूपमा हस्ताक्षर गरे ।

    कम्पनीले प्रारम्भिक सेयर निष्काशनका लागि कुल जारी पुँजी ७६ लाखको ३० प्रतिशत अर्थात २२ लाख ८० हजार कित्ता प्रारम्भिक सेयर निष्काशन गर्ने गर्ने जनाएको छ । 

    जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ करोड २० लाख कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीले निर्माण गरिरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको बताइन्छ । 

    साताको लोकप्रीय