बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री कोरोनाका कारण गम्भीर अवस्थामा

बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री कोरोनाका कारण गम्भीर अवस्थामा

अर्थ डबली
बिहिवार, कार्तिक ६ २०७७
अर्थ डबली
बिहिवार, कार्तिक ६ २०७७ (अर्काइभ बाट)
  • बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री कोरोनाका कारण गम्भीर अवस्थामा

    बेल्जियममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।

    images
    images

    कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि गम्भीर अवस्थामा रहेकी विल्मेसलाई अहिले अति सघन कक्षमा राखेर उपचार गराइएको छ । पूर्व प्रधानमन्त्री भएपनि अहिले उपप्रधानमन्त्री तथा विदेश मन्त्रीका रुपमा कार्यरत छन् । 

    उनको अवस्था अहिले स्थिर रहेको विदेश मन्त्रालयका प्रवक्ता एल्के पट्टीनले पत्रकारहरुलाई जानकारी दिए । 

    विल्मेस बेहोस अवस्थामा नरहेको र उनको अवस्था पनि चिन्ताजनक नरहेको उनले स्पष्ट पारेका छन् । 

    अहिले ४५ बर्ष हुनुभएकी विल्मेसलाई बुधबार बेलुका मात्रै अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    उनी आफ्नो पारिवारिक सदस्यबाट गत हप्ता सङ्क्रमित भएका थिए ।बेल्जियममा पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या अत्यधिक बृद्धि हुदै गएको छ । 

    कोरोनाभाइरसकै कारण बेल्जियममा अहिलेसम्म दश हजारभन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

    -रासस/एपी

    साताको लोकप्रीय