तेह्रथुम पावर कम्पनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, कति कित्तासम्म भर्न पाइन्छ ?  

तेह्रथुम पावर कम्पनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, कति कित्तासम्म भर्न पाइन्छ ?  

अर्थ डबली
मंगलवार, साउन १९ २०७८
अर्थ डबली
मंगलवार, साउन १९ २०७८ (अर्काइभ बाट)
  • तेह्रथुम पावर कम्पनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, कति कित्तासम्म भर्न पाइन्छ ?  

    काठमाडौँ /तेह्रथुम पावर कम्पनी लिमिटेडको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीमा आज साउन १९ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ । 

    images
    images

    कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ दरको ४ लाख कित्ता आइपिओ निष्काशन तथा बिक्री खुला गरेको थियो । 

    कम्पनीको आइपिओका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार १० गते आइपिओ निष्काशनका लागि अनुमति प्राप्त गरेको थियो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल लिमिटेडले गरिरहेको छ । 

    कम्पनीको आइपिओलाई इक्रा नेपाल लिमिटेडले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने डब्बल बि रेटिङ्ग प्रदान गरेको छ । 

    आइपिओ खरिदका लागि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम, सप्तकोशी डेभलपमेन्ट बैंक, बसन्तपुर शाखा, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सकिनेछ।

    साताको लोकप्रीय