आरएमडीसी लघुवित्तले एन आई सी एशिया बैंकको स्वामित्वमा रहेको शेयर बेच्ने, बोलपत्र आह्वान

आरएमडीसी लघुवित्तले एन आई सी एशिया बैंकको स्वामित्वमा रहेको शेयर बेच्ने, बोलपत्र आह्वान

अर्थ डबली
मंगलवार, साउन १९ २०७८
अर्थ डबली
मंगलवार, साउन १९ २०७८ (अर्काइभ बाट)
  • आरएमडीसी लघुवित्तले एन आई सी एशिया बैंकको स्वामित्वमा रहेको शेयर बेच्ने, बोलपत्र आह्वान

    काठमाडौँ / आरएमडी लघुवित्त वित्तीय संस्थाले एन आई सी एशिया बै.कको स्वामित्वमा रहेको शेयर बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ ।

    images
    images

    लघुवित्तले संस्थापक समूहको ३ लाख १० हजार १६५ कित्ता शेयर प्रतिकित्ता न्यूनतम मूल्य ५०६ रुपैयाँमा बिक्री गर्ने बैंकको निर्णय अनुसार इच्छुक संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी र संस्थाहरूको लागि बोलपत्र आह्वान गरेको हो । 

    लघुवित्तले यही साउन २९ गते कार्यालय समयभित्र शेयर खरिदका लागि आवेदन दिन भनेको छ । विद्यमान संस्थापकहरूलाई प्राथमिकता दिई यसभन्दा अगाडि नै ३५ दिने सूचना प्रकाशित गरिएको लघुवित्तले जनाएको छ । 

    आवेदन फाराम एन आई सी एशिया क्यापिटल लिमिटेड, काठमाडौँबाट १०० रुपैयाँ नगद भुक्तानी गर्न सकिनेछ । बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ता संख्या, प्रतिकित्ताको दर रेट अङ्क र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइनेछ ।

    केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै नै केरमेट भई कबुल गरेको मूल्य रकम नबुझिने गरी पेश गरेको बोलपत्रलाई मान्यता दिइने छैन । शेयर खरिदका लागि न्युनतम मूल्य प्रतिकित्ता ५०६ रुपैयाा तोकिएको हुँदा उक्त मूल्यभन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदन स्वतः रद्द हुनेछ । 

    शेयर खरिदको लागि बोलकबोल गर्दा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्ेखित सम्पूर्ण शेयर खरिदको लागि आवेदन दिन सकिनेछ । शेयर खरिद गर्न आवेदन गरेको कूल शेयर कित्ता जोड्दा सम्बन्धित नियमनकारी निकायले एउटा व्यक्ति वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमाभन्दा बढी नहुने गरी आवेदन पेश गर्नुपर्नेछ । दशमलव अर्थात खण्डित रुपमा आउने शेयर आवेदन दिन पाइने छैन । 

    साताको लोकप्रीय