यससकारण अवरुद्ध भएको थियो मेरो शेयर र सि–आस्वा सेवा, मैलुङ खोलाको आइपिओमा आवेदन दिने समय डेढ घण्टा थपियो 

यससकारण अवरुद्ध भएको थियो मेरो शेयर र सि–आस्वा सेवा, मैलुङ खोलाको आइपिओमा आवेदन दिने समय डेढ घण्टा थपियो 

अर्थ डबली
मंगलवार, साउन १९ २०७८
अर्थ डबली
मंगलवार, साउन १९ २०७८ (अर्काइभ बाट)
  • यससकारण अवरुद्ध भएको थियो मेरो शेयर र सि–आस्वा सेवा, मैलुङ खोलाको  आइपिओमा आवेदन दिने समय डेढ घण्टा  थपियो 

    काठमाडौँ / मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आइपिओमा मेरो शेयरबाट आवेदन दिने समय थप गरिएको छ ।

    images
    images

    कम्पनीले साउन १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको अन्तिम दिन हिजो साउन १८ गते सोमबार मेरो शेयर र सि–आस्वा सेवा अवरुद्ध भएकोले आवेदन दिन नपाएको गुनासो आएपछि शेयरमा आवेदन दिने समय आज डेढ घण्टा थप गरिएको हो । 

    सिडिएस एण्ड क्लियरिङ लिमिटेडसँगको समन्वयमा उक्त निष्काशनको लागि मेरो शेयरमार्फत आवेदन दिने समय आज मंगलबार दिउँसो १२ बजेदेखि १ः३० बजेसम्मको लागि थप गरिएको छ । 

    आइपिओमा आवेदन दिने हिजो सोमबार अन्तिम दिन सिडिएसको सर्भर तथा उपकरणहरू सिंहदरबार जिआइडिसीमा विद्युत आपूर्तिमा समस्या आर्य सम्पूर्ण सेवा बन्द भएको कारण अपरान्ह ३ः३० बजेपश्चात मेरो शेयर तथा सि–आश्वा सेवा अवरुद्ध भएको थियो । 

    कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा १०० रुपैयाँ अंकित दरको ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता शेयर सर्वासाधारण्का लागि बिक्री खुला गरेको थियो । 

     

    साताको लोकप्रीय