पुँजी बजारलाई प्रभाव पार्ने भ्रामक समाचार प्रचारप्रसार नगर्न आग्रह

पुँजी बजारलाई प्रभाव पार्ने भ्रामक समाचार प्रचारप्रसार नगर्न आग्रह

अर्थ डबली
मंगलवार, साउन १९ २०७८
अर्थ डबली
मंगलवार, साउन १९ २०७८ (अर्काइभ बाट)
  • पुँजी बजारलाई प्रभाव पार्ने भ्रामक समाचार प्रचारप्रसार नगर्न आग्रह

    काठमाडौँ / पूँजी बजारलाई प्रभाव पार्ने  भ्रामक तथा तथ्यहिन विषयबारे प्रचारप्रसार नगर्न नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले अनुरोध गरेको छ ।

    images
    images

    पछिल्लो समय धितोपत्र बोर्ड, बोर्डका पदाधिकारी तथा धितोपत्र बजारबारे पुष्टि नभएका समाचार आएको भन्दै संगठनले सोमबार प्रेस विज्ञप्तिमार्फत अनुरोध गरेको हो ।

    बोर्डबाट बजार सुधार गर्ने क्रममा धितोपत्र बजारमा भएका कमी कमजोरीलाई सुधार गर्न थालेकोमा सञ्चार माध्यमबाट यसलाई बाधा पुग्ने खालका सामग्रीप्रति कर्मचारी संगठनले ध्यानाकर्षण गराएको छ ।

    यस्तो गतिविधिले पूँजी बजार विकासमा अवरोध आउने भएकाले यसतर्फ संयमित हुन समेत अनुरोध कर्मचारी संगठनले गरेको हो ।

    पछिल्लो समय धितोपत्र बोर्ड, बोर्डका पदाधिकारी तथा धितोपत्र बजारका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका सामग्री सम्बन्धित निकायबाट बिना पूर्वाग्रह सत्य तथ्यम आधारित भई बाहिर ल्याउन र बोर्डको वातावरणलाई प्रभावित नपार्न संगठनले व्यवस्थापनको समेत ध्यानाकर्षण गरेको छ। 

    बोर्डको कर्मचारी युनियनले यसबारे ध्यानाकर्षण गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो ।

     

    साताको लोकप्रीय