शेयर बजारमा उत्साह : उच्च बिन्दुमा नेप्से, ११ अर्बमाथिको कारोबार भएको बजारमा कुन कुन समूहका लगानीकर्ताले कमाए ? 

शेयर बजारमा उत्साह : उच्च बिन्दुमा नेप्से, ११ अर्बमाथिको कारोबार भएको बजारमा कुन कुन समूहका लगानीकर्ताले कमाए ? 

अर्थ डबली
मंगलवार, श्रावण १९ २०७८
अर्थ डबली
मंगलवार, श्रावण १९ २०७८ (अर्काइभ बाट)
  • शेयर बजारमा उत्साह : उच्च बिन्दुमा नेप्से, ११ अर्बमाथिको कारोबार भएको बजारमा कुन कुन समूहका लगानीकर्ताले कमाए ? 

    काठमाडौँ / साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक २६.०२ अङ्कले बढेर उच्च बिन्दुमा पुगेको छ । ०.८४ प्रतिशतले बढेको शेयर बजारमा आज अधिकांश परिसूचकमा हरियो पोतिदा उत्साह छाएको हो । 

    images
    images

    कारोबार अवधिभर २२३ ओटा कम्पनीको १ लाख ६ हजार ६२० पटकको कारोबारमा २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर खरिदबिक्री भएको बजारमा आज ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ५.०६ अङ्कले बढेर ५७७.५२ बिन्दुमा उक्लिएको छ । 

    यस दिन अधिकांश समूहका लगानीकर्ताहरूले कमाएका छन् । जसमध्ये लघुवित्त, हाइड्रो पावर र व्यापारिक समूहमा लगानीकर्ताहरू झुम्मिएका छन् । मंगलबार कारोबारमा आएका विकास बैंक र म्युचुअल फण्ड समूहका लगानीकर्ताहरुले भने सामान्य गुमाएका छन् । यी दुई समूहको परिसूचक क्रमशः ०.०५ प्रतिशत र ०.६५ प्रतिशतले घटेको हो ।

    यता, लघुवित्त समूहको परिसूचक सर्वाधिक ३..८५ प्रतिशत, व्यापारिक समूहको २.४७ प्रतिशत र हाइड्रो पावर समूहको परिसूच्क २.०४ प्रतिशतले बृद्धि भएको छ ।

    त्यस्तै, अन्य समूहको १.१७ प्रतिशत, जीवन बीमा समूहको ०.६६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.६२ प्रतिशत, निर्जीबन बीमाको ०.४१ प्रतिशत, वित्त समूहको ०.३९ प्रतिशत, होटल्स तथा पर्यटन समूहको ०.३२ प्रतिशत, लगानी समूहको ०.१८ प्रतिशत र बैंकिङ उपसमूहको परिसूचक ०.११ प्रतिशतले बृद्धि भएको छ ।

    ७ ओटा समूहको शेयरमूल्य ९ प्रतिशतबढीले बृद्धि 

    मंगलबार शेयर बजारमा ७ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । यो दिन पाँचथर पावर कम्पान्ट लिमिटेड र रुरु जलविद्युत परियोजनाको शेयरमूल्यमा १० प्रतिशतको सर्किट लागेको छ ।

    यसैगरी जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशत र युनियन लाइफ इन्स्योरेन्स कम्पनी र घलेम्दी हाइड्रोको शेयरमूल्य ९.९८ प्रतिशतले बृद्धि भएको छ । यसैगरी लिवर्टी इनर्जी पार कम्प्नीको शेयरमूल्य ९.९३ प्रतिशत र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.८४ प्रतिशतले बृद्धि भएको छ । 

    बढेको बजारमा आज युनिलिभर नेपालको शेयरमूल्यमा सर्वाधिक बढी गिरावट आएको छ । उक्त कम्पनीका लगानीकर्ताहरुले ३.७९ प्रतिशतले गुमाएका हुन् । 

    आज शेयर बजारमा कारोबार रकमका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको आजको शेयर कारोबार रकम ४६ करोड ८२ लाख १७ हजार रुपैयाँ रहेको छ भने ङदी ग्रुप पावर कम्पनीको शेयर कारोबार ४३ करोड ३२ लाख ४२ हजार रुपैयाँ बराबर भएको छ । यसैगरी फर्स्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको ३३ करोड ८६ लाख ६७ हजार रुपैयाँ, स्वावलम्बन लघुवित्तको ३० करोड ४ लाख ४८ हजार रुपैयाँ र निर्धन उत्थान लघुवित्तको २९ करोड ६६ लाख ४४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । 

    नेप्से परिसूचक बृद्धि भएसँगै बजार पूँजीकरण रकममा समेत बृद्धि भएको छ । आज बजार पूँजीकरण रकम ४३ खर्ब ४२ अर्ब २३ करोड २७ लाख ६१ हजार रुपैयाँ बराबर पुगेको नेप्सेले जनाएको छ । 

    साताको लोकप्रीय