मेरोमाइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलिमीमा, साउन २९ गतेसम्म बोलपत्र पेश गर्न आह्वान

मेरोमाइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलिमीमा, साउन २९ गतेसम्म बोलपत्र पेश गर्न आह्वान

अर्थ डबली
मंगलवार, साउन १९ २०७८
अर्थ डबली
मंगलवार, साउन १९ २०७८ (अर्काइभ बाट)
  • मेरोमाइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलिमीमा, साउन २९ गतेसम्म बोलपत्र पेश गर्न आह्वान

    काठमाडौँ / मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एन आई सी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको ८९ हजार ४३९ कित्ता शेयर लिलामी बिक्री गर्ने भएको छ ।

    images
    images

    प्रतिकित्ता ५९५ रुपैयाँमा बिक्री गर्ने निर्णय अनुसार उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक, व्यक्ति, कम्पनी र संघ संस्थालई कम्पनीले साउन २९ गतेसम्म बोलपत्र आवेदन पेश गर्न आह्वान गरेको छ । 

    कम्पनीले विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई यसभन्दा अगाडि नै ३५ दिने सूचना प्रकाशित गरेको थियो । बोलपत्र आवेदन फारम एन आई सी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौँबाट १०० रुपैयाँ तिरेर लिन सकिनेछ ।

    कम्पनीले शेयर खरिदका लागि न्यनूतम मूल्य प्रतिकित्ता ५९५ रुपैयाँ तोकिएको हुँदा उक्त मूल्यभन्दा कम अंकित मूल्य राखी आवेद दिएमा रद्द हुने जानकारी दिएको छ । 
    शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ ।

    तर शेयर खरिद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा सम्बन्धित नियमनकारी निकायले एउटा व्यक्ति वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमाभन्दा बढी नुहने गरी आवेद पेश गर्नुपर्नेछ । 

    साताको लोकप्रीय