कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन 

कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन 

अर्थ डबली
मंगलवार, साउन १९ २०७८
अर्थ डबली
मंगलवार, साउन १९ २०७८ (अर्काइभ बाट)
  • कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन 

    काठमाडौँ / नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्ती दिइने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणमा घिसिङलाई ल्याउन उर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन् । 

    images
    images

    प्रधानमन्त्री सचिवालयका अनुसार आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिइएको हो । 

    करिब एक बर्षअधि कार्यकाल पूरा गरेका घिसिङ्लाई केपी ओली सरकारले बिदाई गरेर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएको थियो । 

    तत्कालिन समयमा नेपालमा दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर लोकप्रिय बनाएका कुलमानको पुनर्नियुक्ति हुनुपर्ने चौतर्फी आवाज आए पनि ओली सरकारले नियुक्त दिएका थिएनन् । 

    तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको प्रवन्ध निर्देशक बनाएको थियो । 

     

    साताको लोकप्रीय