टिभीएसको बिएस–सिक्स  कम्प्लायन्सको टिभीएस एनटर्क पोखराको शोरुममा सार्वजनिक, कुन कुन भेरियन्टमा पाइन्छ ?  

टिभीएसको बिएस–सिक्स  कम्प्लायन्सको टिभीएस एनटर्क पोखराको शोरुममा सार्वजनिक, कुन कुन भेरियन्टमा पाइन्छ ?  

अर्थ डबली
मंगलवार, श्रावण १९ २०७८
अर्थ डबली
मंगलवार, श्रावण १९ २०७८ (अर्काइभ बाट)
  • टिभीएसको बिएस–सिक्स  कम्प्लायन्सको टिभीएस एनटर्क पोखराको शोरुममा सार्वजनिक, कुन कुन भेरियन्टमा पाइन्छ ?  

    पोखरा / विश्वमा टु व्हीलरर थ्री व्हीलरको प्रतिष्ठित निर्माता टिभीएस मोटर कम्पनीले आज बिएस–सिक्स कम्प्लायन्सको टिभीएस एनटर्क १२५रेस ट्युन्ड फ्युल ईन्जेक्शन (च्त्ँक्ष्)लाई पोखरामा सार्वजनिक गरेको छ । 

    images
    images

    कम्पनीले आज बतास ब्रदर्स प्राइभेट लिमिटेडको शोरूममा सो स्कुटरको उद्घाटन गरेको हो । 

    टीभीएस नेपालका ब्रान्ड एम्बेसेडर नेपाली फिल्म इन्डष्ट्रीका अभिनेता प्रदीप खड्का र अभिनेत्री स्वस्तिमा खड्काले सोरुम उद्घाटन गरेका थिए । 

    ट्युन्ड फ्युल ईन्जेक्शन टेक्नोलोजी विशेष रूपमा सबै ड्राइभिंग सर्तहरूमा एक रमाइलो रेसिंग अनुभवहरुको सुनिश्चित गर्नका लागि डिजाइन भएको कम्पनीको दावी छ । 

    उद्घाटनका अवरमा बतास ब्रदर्स प्राइभेट लिमिटेडका महाप्रबन्धकले भने,“हामी आज पोखरामा विएस–सिक्स कम्प्लायन्सको टिभीएस एनटर्क १२५ स्कुटरलाई प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छौं,“ आरटी–फाईको अतिरिक्तसँग, स्मार्ट स्कुटर एक सबै भन्दा राम्रो वर्गमा स्वामित्व अनुभव प्रदान गर्नको लागी डिजाइन गरिएको हो ।”

    टिभीएस एनटर्क १२५को अनुभवसँगै पोखरा र वरपरका क्षेत्रहरुमा युवा ग्राहकहरुको लागि यो सुरुवातसँगै एक सुरुवात देखि अन्तसम्मको अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको उनल बताए ।  

    टिभिएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर हो र यो उद्योगको पहिलो प्रविधि, अतुलनीय शैली र उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको कम्पनीको दावी छ । 

    टिभिएस रेसिंग पेडिग्रीद्वारा समर्थित उत्कृष्ट प्रदर्शन गर्ने यस स्कुटरले स्मार्टकनेक्टलाई प्रस्तुत गर्ने बताइएको छ । जसले एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी र अनन्य टिभिएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गर्ने कम्पनीको भनाई छ । 

    TVS news1.JPG

    स्मार्ट कनेक्टलेफुल्ली डिजिटल स्पिडोमिटर, नेभिगेशन एसिस्ट, टप स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर, फोन ब्याट्री स्टे्रन्थडिस्प्ले, लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र स्ट्रिट र स्पोर्ट लगायतका मल्टि राइड स्टाटिस्टिक मोड जस्ता सुविधाहरूलाई समेटेको छ ।

    टिभिएस एनटर्क १२५पाँच भेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन र सुपरस्क्वाड एडिसनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । म्याट रेड, मेटािलक ग्रे, मेटलिक रेड, मेटलिक निलोको रंगमा बजारमा पाइने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यो रेस एडिसन रेड–ब्ल्याक र यल्लो–ब्ल्याक रंगमा उपलब्ध छ, जबकि सुपरस्क्वाड एडिसन कम्ब्याट ब्लु,इन्भिन्सिबल रेडे र स्तिल्थ ब्ल्याक रंगमा –उपलब्ध छ ।

    साताको लोकप्रीय