प्रशस्त धनआर्जन गर्ने मन छ ? बिहान उठ्नसाथ यसो गर्नुस्

प्रशस्त धनआर्जन गर्ने मन छ ? बिहान उठ्नसाथ यसो गर्नुस्

अर्थ डबली
मंगलवार, साउन १२ २०७८
अर्थ डबली
मंगलवार, साउन १२ २०७८ (अर्काइभ बाट)
  • प्रशस्त धनआर्जन गर्ने मन छ ? बिहान उठ्नसाथ यसो गर्नुस्

    हाम्रो दिनचर्या सूर्यदयबाट शुरु हुन्छ । सूर्यलाई आत्मा ग्रह तथा प्रत्यक्ष देवता पनि मानिन्छ । बरु चन्द्रमालाई चाहिँ मनको कारक भनिन्छ । पृथ्वी हुनका लागि सूर्य र देवता दुबैको भूमिका महत्वपूर्ण मानिन्छ । पृथ्वीमा विभिन्न भएका प्राणीहरुमध्ये मानिसलाई सर्वश्रेष्ठ प्राणी मानिन्छ ।

    images
    images
    images

    बौद्धिक आर्थिक क्षेत्रमा सफलता खोज्ने आम मान्छेको स्वभाव हुन्छ । विशेषगरी कमाउने कुरामा जोकोही मानिसको ध्यान पुग्छ । प्रशस्त धनआर्जन गर्ने मन कसलाई पो हुँदैन र १

    यसका लागि विहान उठेर के गर्दा तपाईंले धनलाभ गर्नुहुनेछ भन्ने विषयमा यहाँ चर्चा गरिएको छ :

    सूर्योदयभन्दा अघि नै उठ्नुस् । निद्रा पूरा भएको छैन भने पछि पूरा गर्नुस् । राति सुत्न पाउनुभएन भने त्यसको आधी समय दिउँसो सुत्ने अनुमति शास्त्रले दिन्छ ।

    दिनमा तीन घन्टा सुत्नुभयो भने पनि रातिको थकान मेटिन्छ । सूर्य सधैं समयमा उदाउँछ । सूर्यको जस्तो शक्ति चाहिएमा बाल सूर्यको पूजन र प्रणाम आवश्यक हुन्छ ।

    bihan0.JPG

    त्यसैले समयअगावै जाग्नुपर्छ । समयमै सुत्ने मानिस नै समयमा उठ्न सक्छ । व्यक्तिभित्र रहेको चेतन घडीले उसलाई समयमा उठाइदिन्छ ।

    सुत्नुअघि शुभसंकल्प गर्नुस्, ‘हे प्रभु, मलाई ब्रह्ममुहूर्तमा उठाइदिनुस् ।’ यसो गर्दा सूर्योदयअघि नै निद्रा खुल्छ । बिहानै ब्रह्ममुहूर्तमा उठ्ने मानिसले ईश्वरीय शक्ति, अपूर्व मेधा र ब्रह्मज्ञान हासिल गर्छ । ब्रह्ममुहूर्तमा उठेर धर्म तथा अर्थको चिन्तन गर्ने मानिसले अक्षय धर्म र बेस्सरी सम्पत्ति जोड्न सक्छ ।

    बिहान निद्रा खुल्नेबित्तिकै इष्टदेवताको स्मरण गर्नुहोस् र हत्केलामा हेरेर औंलाको टुप्पोमा लक्ष्मी, हत्केलाको मध्यमा सरस्वती र मणिबन्धमा ब्रह्मालाई सम्झेर प्रणाम गर्नुहोस् ।

    ओछ्यानबाट झर्नुअघि तत्कालै दाहिने हत्केलाले पृथ्वीलाई स्पर्श गरेर प्रणाम गर्नुहोस् र त्यसपछि मलमूत्र विसर्जन गर्नुस् । मलमूत्रको वेगलाई रोकिराख्नु हुँदैन । शरीरबाट यिनीहरूलाई जतिसक्दो छिटो निकल्नुपर्छ ।

    साताको लोकप्रीय