करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा 

करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा 

अर्थ डबली
सोमवार, साउन ११ २०७८
अर्थ डबली
सोमवार, साउन ११ २०७८ (अर्काइभ बाट)
  • करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा 

    काठमाडौं / सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियशनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । चौधरी नाडाको हालको कार्यसमितिमा उपाध्यक्ष छन् । 

    images
    images

    नाडा सातवटै प्रदेशमा विस्तार भइ सकेको अवस्थामा सवै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दरिलो रुपमा अगाडि बढाउने उद्देश्यका साथ उम्मेद्वारी दिएका छन् । 

    अटोमोवाइल व्यवसाय भनेको सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजिक्षेत्रमा ठूला रोजगार प्रदान गर्ने व्यवसाय हो । 

    सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण वनाउन सरकारको नितिगत रुपमा समेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्ने कुरामा काम गर्ने समेत चौधरीको उद्देश्य  रहेको छ ।

     उनले कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोवाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थानसँगै यस क्षेत्रमा नयाँ आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको बताएका छन् । हाल नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल  छन् । 

     

    साताको लोकप्रीय