स्वास्थ्य राज्यमन्त्री श्रेष्ठसँग नाडा प्रतिनिधिको माग – हाम्रो श्रमिकहरुलाई खोप चाहियो 

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठसँग नाडा प्रतिनिधिको माग – हाम्रो श्रमिकहरुलाई खोप चाहियो 

अर्थ डबली
बिहिवार, साउन १४ २०७८
अर्थ डबली
बिहिवार, साउन १४ २०७८ (अर्काइभ बाट)
  • स्वास्थ्य राज्यमन्त्री श्रेष्ठसँग नाडा प्रतिनिधिको माग – हाम्रो श्रमिकहरुलाई खोप चाहियो 

    काठमाडौं/ नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको गएको ७ सदसिय नाडा प्रतिनिधि मण्डलले हिजो साउन १३ बुधबार नव नियुक्त स्थास्थ तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठसमक्ष  अटोमोवाइलक्षेत्रमा संलग्न व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसीयनहरु र देशैभर छरिएर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध आग्रह गरिएको छ । 

    images
    images

    छलफलको क्रममा सफल कार्यकालको लागि शुभकामना समेत नाडा प्रतिनिधिले दिएको थियो । 

    भेटघाटमा नाडाका उपाध्यक्ष चौधरीले कोभिड १९ को कारण नेपालको समग्र अटोमोवाइल व्यवसाय नै समस्या परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोवाइलक्षेत्रबाट प्राप्त गर्ने राजश्वमा समेत परेको बताए । 

    सरकारले लगाएको लकडाउन हाल केही खुकुलो भए पनि नेपालको अटोमोवाइल क्षेत्रका व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसीयनहरु र देशैभर छरिएर रहेका श्रमिकहरु खोपको अभावमा आफनो कार्यक्षेत्रमा जान नसकेको बताएका छन् । 

    व्यवसायको फ्रण्टलाईनमा बस्ने कर्मचारी र श्रमिकहरुलाई धेरै समस्या भएको बताए । 

     छलफलमा चोधरीले कोभिड १९ का कारण अटोमोवाइल व्यवसायले अझै गति लिन नसकेको बताए । 

    अटोमोवाइल व्यवसायलाई थप गतिशिल बनाउन खोपको तडकारो आवश्यकता भएकोले तत्काल खोप उपलब्ध गराई दिने व्यवस्थाका लागि आग्रह समेत गरे । 

    उक्त भेटघाट तथा छलफलको क्रममा माननीय राज्य मन्त्री उमेश श्रेष्ठले खोप उपलब्ध गराउन सक्दो प्रयाश गर्ने आश्वासन दिए । 

    प्रतिनिधि मण्डलले स्वास्थ तथा जनसंख्या सचिव लक्ष्मण अर्यालसंग पनि भेटी आवश्यक खोप उपलब्ध गराई दिनु अनुरोध गरेको थियो ।

    सो भेटघाट तथा छलफलमा सचिव अर्यालले नीजिक्षेत्रले समेत खोप आयातगरी वितरण गर्न सकिने व्यवस्था भएकोले त्यसका लागि प्रयास गर्न आग्रह गरे । 

    साथै अनलाइनबाट खोपको फारम भरेर पठाउन सकिने व्यवस्था भएको सो भर्न समेत जानकारी दिए । 

    सोे निजी क्षेत्रबाट खोप आयत गर्दा बढी सरकारी कार्यलयबाट बढी समस्या हुने होकी भन्ने जिज्ञासामा सचिबज्यूले सहज गरीदिने बताए । 

    छलफलमा नाडाका उपाध्यक्ष श्री करणकुमार चौधरी, कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रतील सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रिय कार्य समिति सदस्यद्धय निलमणी पाठक, मिलनबाबु मल्ल, दिपक अग्रवाल र पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।

    साताको लोकप्रीय