सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ आजदेखि बिक्री खुला, अधिकतम कति कित्ताका लागि आवेदन दिने ? 

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ आजदेखि बिक्री खुला, अधिकतम कति कित्ताका लागि आवेदन दिने ? 

अर्थ डबली
बुधवार, साउन २० २०७८
अर्थ डबली
बुधवार, साउन २० २०७८ (अर्काइभ बाट)
  • सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ आजदेखि बिक्री खुला, अधिकतम कति कित्ताका लागि आवेदन दिने ? 

    काठमाडौँ / सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आइपिओ) आज बुधबारदेखि बिक्री खुला भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि लागि ६० करोड रुपैयाँ बराबरको आइपिओ निष्काशन तथा बिक्री शुरु गरेको हो । 

    images
    images

    प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ६० लाख कित्ता आइपिओबाइपिओ मध्येबाट कम्पनीले  ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरूका लागि छुट्याएको छ ।

    त्यस्तै, कम्पनीले ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गर्न लागेको हो । 

    सर्वसाधारणहरूले सार्वजनिक निष्कासनमा आउने ५४ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम कित्ता ३० हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ ।

    साउन २० गतेदेखि निष्काशन हुने आइपिओमा छिटो मिति साउन २४ सम्म आवेदन दिन पाइनेछ । सो समयमा बिक्री नभएमा ढिलो मिति भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ ।

    पछिल्लो समयमा विभिन्न कम्पनीहरूले निष्काशन गरेको आइपिओमा मागभन्दा बढी आवेदन पर्दै आएकोमा सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ पनि छिटो मितिमा नै बन्द हुने निश्चित छ । 
    हालसम्म ३८ लाख ८८ हजारबढी डिम्याट खाता भइसकेको अवस्थामा र पछिल्लो समय आइपिओमा आवेदन दिनेको संख्या ह्वात्तै बढ्नुले यो कम्पनीको शेयर पनि गोलाप्रथाद्वारा १० कित्ताका दरले बाँडफाँड हुने अनुमान गर्न सकिन्छ । यसर्थ यस कम्पनीको आइपिओमा पनि न्यूनतम् १० कित्ताका लागि मात्रै आवेदन दिनु उपयुक्त हुने देखिन्छ । 

    कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीको आइपिओे निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

    कम्पनीको आइपिओले केयर रेटिङ नेपालबाट समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्राप्त गरेको छ । 

    आइपिओ खरिदका लागि विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एपमार्फत समेत आवेदन दिन सकिनेछ ।

    कम्पनीको चुक्ता पूँजी हाल १ अर्ब ४० करोड रुपैयाँ रहेकोमा आइपिओ बाँडफाँट पश्चात बीमा समितिले तोके बराबरको पूँजी कायम हुनेछ । 

    जेठ ९ गते आइपिओ निष्कासनका लागि बोर्डमा निवेदन दर्ता गराएको थियो र बोर्डले कम्पनीलाई असार ३१ गते आइपिओ निष्काशनको अनुमति प्रदान गरेको हो । 

    कम्पनीको आर्थिक वर्ष २०७६÷७७ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ १०९.६७ रुपैयाँ रहेको छ । उक्त अवधिसम्म कम्पनीको सञ्चित नाफा १० करोड ४८ लाख ६० हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६.१० रुपैयाँ रहेको छ ।

    साताको लोकप्रीय