विज्ञ रविन्द्र भट्टराईको टिप्पणीः लगानीकर्ताको समस्या जहाँको त्यहिँ, आइपिओ ल्याउन लागेका कम्पनी नै सेयर दलालीमै व्यस्त  !

विज्ञ रविन्द्र भट्टराईको टिप्पणीः लगानीकर्ताको समस्या जहाँको त्यहिँ, आइपिओ ल्याउन लागेका कम्पनी नै सेयर दलालीमै व्यस्त  !

अर्थ डबली
बुधवार, साउन २० २०७८
अर्थ डबली
बुधवार, साउन २० २०७८ (अर्काइभ बाट)
  • विज्ञ रविन्द्र भट्टराईको टिप्पणीः लगानीकर्ताको समस्या जहाँको त्यहिँ, आइपिओ ल्याउन लागेका कम्पनी नै सेयर दलालीमै व्यस्त  !

    काठमाडौं/  सेयर बजार तालिका उकालो लागेपनि बजारको विश्वसनियता माथि प्रश्न उठ्न थालेको छ ।

    images
    images

    पछिल्लो समय आइपिओ ल्याउन लागेका कम्पनीहरु नै  सेयर दलालीमा कम्मर कसेर लागेको पर्दाफास हुँदै आएको छ ।

    लगानी कर्ताहरुको गरिमा बोकेको नेप्से र धितोपत्र बोर्ड जस्तो संस्थाहरुको हाकिमहरुसँग मिलेमतोमा कम्पनीका संस्थापक सेयर दलाल गरी आफ्नो नाउँमा कुम्ल्याउन लागेको देखिएको  सेयर बजार क्षेत्रका विज्ञ रविन्द्र भट्टराईले औंल्याएका छन् ।

     

    उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत कडा टिप्पणी गर्दै यस्तो बताएका हुन् । 

    उनले लेखका छन्, नेप्से, धितोपत्र बोर्ड र सिडिएस कम्पनीमा लगानीकर्ताले तिरेको कमिशनले पैसाको पहाड बनि सकेको छ ।

     तर लगानीकर्ताका समस्या जहाँको त्यहिँ रहेको उनको टिप्पणी छ । 

    लगानीकर्ताले प्राविधिक परिवर्तनमा हरेक दिन नयाँ अनुभव गर्न पाउनु पर्ने अवस्थामा नेप्सेका अंक मात्र नयाँ देखिएको सेयर विज्ञ भट्टराईले बताएका छन् । 


    काम गर्नुपर्ने नेप्से र बोर्डका हाकिमहरु आइपिओ ल्याउन लागेका कम्पनीको संस्थापक सेयर दलालीमै व्यस्त भनेर उनले तिखो व्यङ्ग्य गरेका छन् । 

    साताको लोकप्रीय