नेप्सेमा आज पनि नयाँ रेकर्ड : हाइड्रोका लगानीकर्ताहरू मालामाल, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब 

नेप्सेमा आज पनि नयाँ रेकर्ड : हाइड्रोका लगानीकर्ताहरू मालामाल, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब 

अर्थ डबली
बुधवार, श्रावण २० २०७८
अर्थ डबली
बुधवार, श्रावण २० २०७८ (अर्काइभ बाट)
  • नेप्सेमा आज पनि नयाँ रेकर्ड : हाइड्रोका लगानीकर्ताहरू मालामाल, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब 

    काठमाडौँ / नेप्से परिसूचकले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो कारोबार दिन मंगलबार २६.२ अङ.कले बढेर ३ हजार १११.०९ बिन्दुमा पुगेर बन्द भएको बजार आज ३ हजार १२६.९९ बिन्दुदेखि खुलेको थियो । 

    images
    images

    नेप्से परिसूचक ११ बजेर ०३ मिनेट जाँदा सर्वाधिक ३ हजार १४०.३८ बिन्दुमा उक्लिएमा ३ हजार १२३.१५ बिन्दुमा रहदा बजार बन्द भएको छ । नेप्से परिसूचक बृद्धि भएसँगै बजार पूँजी करण रकममा पनि नयाँ रेकर्ड कायम भएको छ ।

    यो दिन बजार पूँजीकरण रकम ४३ खर्ब ५९ अर्ब ४७ करोड कायम भएको छ । यता, ठूला कम्पनीको धितोपत्र मापक सेन्सेटिभ परिसूचक पनि ०.७१ अंक बढेर ५७८.२३ विन्दुमा पुगेको छ ।

    नेप्सेसँगै आज कारोबार रकममा पनि बृद्धि भएको छ । मंगलवार ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा आज भने उक्त रकम बृद्धि भएर १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार रुपैयाँ बराबर पुगेको छ । 

    आज बुधबार शेयर बजारमा कूल २२५ ओटा कम्पनीको १ लाख ४४ हजार ८८७ पटकको व्यापारमा २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर खरिदबिक्री भएको छ । 

    यो दिन हाइड्रो पावर समूहका लगानीकर्ताहरु मालामाल भएको छ । कारोबार रकमका आधारमा यो दिन अपि पावर कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको आजको शेयर कारोबार रकम ७९ करोड ५० लाख १९ हजार रुपैयाँ रहेको छ । सो कम्पनीको शेयरमूल्यमा पनि आज सर्किट लागेको छ । प्रतिकित्ता १० प्रतिशत अर्थात ५१ रुपैयाँले बढेको यस कम्पनीको शेयरलाई आज अन्तिम मूल्य ५६४.३० रुपैयाँ पर्नेछ । 

    यसैगरी आज अरुणभ्याली हाइड्रो पावर डेभलपमेन्टको कारोबार रकम दोस्रो स्थानमा रहेको छ । सो कम्पनीको ५६ करोड ७२ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार हुँदा सानिमा माई हाइड्रोपावरको ५० अर्ब ३४ करोड ७१ हजार रुपैयाँ, अरुण कावेली पावरको ४१ करोड ५५ लाख ३५ हजार रुपैयाँ र छिमेक लघुवित्तको ४० करोड ८९ लाख ३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 
    बुधवारको बजारमा जलविद्युत् कम्पनीको शेयर खरीदमा लगानीकर्ताहरुको उच्च आकर्षण रहेको थियो । 

    अपिसहित आज ७ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ । यो दिन खानीखोला हाइड्रो पावर, दिव्यश्वोरी हाइड्रो पावर, कालिका पावर कम्पनी, माथिल्लो तामाकोशी, घलेम्दी हाइड्रो पावर र युनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतको सर्किट लागेको छ भने जीवन विकास लघुवित्तको शेयरमूल्य पनि सर्किट लेभल अर्थात ९.९९ प्रतिशतले बढेको छ । 

    यसैगरी नारायणी डेभलपमेन्टको शेयरमूल्य ९.८७ प्रतिशत, साञ्जेन जलविद्युतको ९.६७ प्रतिशत र आँखुखोला जलविद्युत कम्पनीको ९.१६ प्रतिशतले बृद्धि भएको छ । 

    बढेको बजारमा आज ङादी ग्रुप पावरको शेयरमूल्य ५.३८ प्रतिशतले घटेको छ भने लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताहरुले पनि ४.७५ प्रतिशतले गुमाएका छन् । 

    नेप्से परिसूचक उच्च बिन्दुमा पुगेको बजारमा आज कारोबारमा आएका समूहहरुमध्ये ६ ओटा समूहको परिसूचक बढेको छ । 
    बढेको समूहअन्तर्गत आज जलविद्युत् समूहको सर्वाधिक ५.८१ प्रतिशत बढेको छ । यसैगरी बैंकिङ्ग उपसमूहको ०.२० प्रतिशत, विकास बैंक समूहको १.३६ प्रतिशत, बित्त समूहको १.६८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.४१ प्रतिशत र लगानी समूहको ०.२९ प्रतिशतले परिसूचक बृद्धि भएको छ । 

    आजको कारोबारमा लघुवित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक बढी गुमाएका छन् । उक्त समूहको परिसूचक २.१० प्रतिशत, व्यापारिक समुहको १.४४ प्रतिशत, निर्जीबन बीमाको ०.५४ प्रतिशत, म्युचुअल फण्डको ०.६७ प्रतिशत, अन्य समूहको ०.९० प्रतिशत, होटल्स तथा पर्यटन समूहको ०.२० प्रतिशत र जीवन बीमा समूहको परिसूचक ०.०२ प्रतिशतले घटेको छ । 

    साताको लोकप्रीय