सनराइज बैंकको ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार, कुन कुन ठाउँमा पुग्यो सेवा ?

सनराइज बैंकको ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार, कुन कुन ठाउँमा पुग्यो सेवा ?

अर्थ डबली
बुधवार, साउन २० २०७८
अर्थ डबली
बुधवार, साउन २० २०७८ (अर्काइभ बाट)
  • सनराइज बैंकको ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार, कुन कुन ठाउँमा पुग्यो सेवा ?

    काठमाडौँ  / सनराइज बैंक लिमिटेडले ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बंैकिङ्ग सुविधा पु-याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको बैंकले थप २ स्थानमा शाखारहित सेवा विस्तार गरेको हो । 

    images
    images

    बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित विरेन्द्रनगर नगरपालिका वडा नं. १४, बयलकाँडामा ८२ औं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । 

    त्यसैगरीे गत हप्ता बैंकलै सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जानकी गाउँपालिका वडा नं.९ खैरीफाँटा ८० औं र कैलाली जिल्लाकै टिकापुर नगरपालिका वडा नं.०८, धनसिंहपुरमा ८१ औं गरी थप २ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो । 

    सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखा रहित बैंकिङ्ग संख्या ८२ पुगेको छ । बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागी बयलकाँडाका स्थानीय व्यवसायी नवराज रोकाया, खैरीफाँटाका एकराज खड्का र धनसिंहपुरका किर्त ठकुल्लालाई व्यावसायिक प्रतिनिधिका रुपमा  नियुक्त गरेको छ । 

    सो शाखारहित बंैकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

    बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

    साताको लोकप्रीय