Logo
शनिवार, आश्विन २ गते २०७८
images
आश्विन २ गते २०७८
images
images

प्रधानमन्त्री शेरवहादुर देउवासँग नाडा प्रतिनिधिहरुले केके माग राखे ? 


२०७८ श्रावण, २० बुधवार
  • 417
    SHARES

  • प्रधानमन्त्री शेरवहादुर देउवासँग नाडा प्रतिनिधिहरुले केके माग राखे ? 

    काठमाडौं / नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको गएको ७ सदस्यि प्रतिनिधि मण्डलले आज २० गते प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटवार्ता गरेको छ ।

    images

    भेटवार्तामा उनको सफल कार्यकालको लागि शुभकामना दिदै कोभिड १९ को कारण सरकारले आम जनताको स्वास्थ रक्षाको लागि लगाएको बन्दाबन्दीको कारण समग्र अटोमोवाइलक्षेत्र नै धरापमा परेको टिप्पणी गरे । यसलाई पुनः गतिशिल अवस्थामा पु¥याउन सरकारबाट विशेष पहल गरि दिन आग्रह समेत प्रतिनिघि मण्डलले गरे । 

    त्यसैगरी सो भेटघाट तथा छलफलमा केन्द्रीय कार्य समिति सदस्य, सार्वजनिक सवारी साधन समिति तथा सडक शुरक्षा तथा वातावरण समितिका सभापति राजनबानु श्रेष्ठ  लामो बन्दाबन्दीका कारण बस, मिनिबस र माइक्रोबस व्यवसायीहरु ठूलो मर्कामा परेको बताए । 

    उनीहरुको राहतका लागि सरकारले अन्य व्यवसायीहरुलाई उपलब्ध गराउदै आएको जस्तै आर्थिक राहत ती व्यवसायीहरुलाई पनि उपलब्ध गराउन आग्रह गरे । 

    छलफलमा उनले बन तथा वातावरण मन्त्रालयले जीप, कार भ्यान र मोटरसाइकलमा भ्गचय(टर द्यक्(छ लागु गर्न लागेको विषय राम्रो भएपनि त्यसको कार्यान्वयनका लागि व्यवसायीहरुलाई पर्याप्त समय उपलब्ध गराई प्रधानमन्त्री सँग आग्रह गरेका थिए । 

     यस्तै, नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य दिपक अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो                                                                   

    यो पनि पढ्नुहोस

    सम्बन्धित समाचार

    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images

    धेरै पढिएको

    images