राष्ट्र बैंक सञ्चालक मरासिनीले लिए शपथ

राष्ट्र बैंक सञ्चालक मरासिनीले लिए शपथ

अर्थ डबली
बुधवार, साउन २० २०७८
अर्थ डबली
बुधवार, साउन २० २०७८ (अर्काइभ बाट)
  • राष्ट्र बैंक सञ्चालक मरासिनीले लिए शपथ

    काठमाडौँ / अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रूपमा आज पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    images
    images

    सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा न्यायाधीश केसीले सचिव मरासिनीलाई शपथ ग्रहण गराएका हुन् । 

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । 

    सोही ऐनको दफा १०८ मा बैंकका गभर्नर र सञ्चालकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । 

    शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, गभर्नरको कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटालगायत उपस्थिति रहेको केन्द्रीय बैंकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

    साताको लोकप्रीय