टिभिएस एनटर्क १२५ को नेपाली बजारमा ५० हजार युनिट बिक्रीको माइलस्टोन पार 

टिभिएस एनटर्क १२५ को नेपाली बजारमा ५० हजार युनिट बिक्रीको माइलस्टोन पार 

अर्थ डबली
बिहिवार, श्रावण २१ २०७८
अर्थ डबली
बिहिवार, श्रावण २१ २०७८ (अर्काइभ बाट)
  • टिभिएस एनटर्क १२५ को नेपाली बजारमा ५० हजार युनिट बिक्रीको माइलस्टोन पार 

    काठमाडौँ / विश्वव्यापी रूपमा प्रतिष्ठित टू व्हीलर र थ्री–व्हीलर निर्माता टिभिएस मोटर कम्पनीले टिभिएस एनटर्क १२५ ले ५० हजार युनिट बिक्री भएको छ । 

    images
    images

    कम्पनीका अनुसार टिभिएस एनटर्क १२५ को स्पोर्टी, ब्लुटुथ जडान गरिएको स्कुटरले नेपाली बजारमा ५०हजार युनिट बिक्रीको माइलस्टोेन पार गरेको हो ।

    स्कुटरले यो बिक्रीको अंक आफ्नो सुरुवातको तीन वर्ष भित्रमा हासिल गरेको कम्पनीको दावी छ । 
    सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रूपमा सुरु गरिएको थियो ।

    धेरै मानिसहरूले यो स्कुटर रुचाएको कम्पनीको दावी छ ।  धेरै वर्षमा ब्रान्ड इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र चयनका साथ अन्तर्राष्ट्रिय बजारमा यो स्कुटर उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको कमपनीले जनाएको छ ।

    कार्यक्रममा बोल्दै इन्टरनेशनल बिजिनेश टिभिएस मोटर कम्पनीका प्रेसिडेन्ट आर दिलिपले भने , “हाम्रो स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ ले नेपाली बजारमा ५०,००० बिक्रीको लक्ष्य हासिल गरेकोमा हामी अत्यन्तै खुसी छौँ। हामी नेपालका हाम्रा ग्राहकहरु प्रति हार्दिक आभारी छौं ।” सुधारिएको पूर्वाधार, बहुउपयोगी सवारी साधनहरुको आवश्यकता र सुरक्षित व्यक्तिगत गतिशीलताको लागि बढ्दो मागको कारण स्कुटर नेपालमा एक लोकप्रिय छनोट बन्न सफल भएको उनको भनाई छ । 

    उनले भने “टिभिएस एनटर्ककोे आकर्षक एपियरेन्स, कनेक्टेड टेक्नोलोजी र उत्कृष्ट प्रदर्शनले गर्दा बजारमा यसको सफलताको एक पहिचान भएको हो । यो उपलब्धिलाई नवीनतामा बेन्चमार्क सेट गरेर र ग्राहकहरुका लागि आकांक्षा सिर्जना गरेर टिभिएस एनटर्क ब्रान्डलाई फस्टाउने हाम्रो प्रतिबद्धताको एक सुदृढीकरण हो ।”

    जएमपीएलका प्रबन्ध निर्देशक शहिल अग्रवालले भने,“नेपालका ग्राहकहरु, प्रिमियम गतिशीलता समाधानमा विश्वास राख्दछन् जुन बलियो गुणस्तरको हुन्छ र जो देशको विभिन्न भूभागको लागि उपयुक्त हुन्छ । यी आवश्यकताहरुलाई पूरा गरेर, टिभिएस एनटर्क १२५ छिटै राष्ट्रले नै मन पराएकोे स्कुटरको रूपमा स्थापित हुन सफल भएको छ। हामी टिभिएस एनटर्क १२५का ग्राहकहरुको लागी एक किसिमको छुट्टै अनुभव बनाउनको लागि टिभिएस मोटर कम्पनीलाई समर्थन जारी राख्ने छौं ।”

    टिभिएस एनटर्क १२५ ले रेसिंग पेडिग्री द्वारा समर्थित उत्कृष्ट प्रदशृनको प्रस्तुत गर्दछ। यस स्कुटरले एक्स्क्ल्युसिभ टिभिएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गरिएको एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी टिभियस स्मार्ट कनेक्टलाई प्रिमियर गर्ने कम्पनीले जनाएको छ ।

    टिभियस स्मार्ट कनेक्टफुल्ली डिजिटल स्पीडोमिटरमा फस्ट–इन–सेगमेन्ट थपको होस्टलाई इनेबल गर्छ जसले नेभिगेशन एसिस्ट, टप स्पिड रेकर्डर, इन–बिल्ट–ल्याप–टाइमर,फोन–ब्याट्री स्ट्रेन्थ डिस्प्ले, लास्ट पाक्र्ड लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र मल्टि राइड स्टाटिस्टिक्स मोडहरु जस्तै स्ट्रिट र स्पोर्ट जस्ता सुविधाहरू रहेको कम्पनीले जनाएको छ । 

    टिभिएस एनटर्क १२५पाँच भेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ ।

    यो म्याट रेड, मेटािलक ग्रे, मेटलिक रेड, मेटलिक निलोको रंगमा आउँदछ । रेस एडिसन (बिएससिक्स–एफआई सहित) रेड–ब्ल्याक र यल्लो–ब्ल्याक रंगमा उपलब्ध छ, जबकि सुपरस्क्वाड एडिसन कम्ब्याट ब्लु, इन्भिन्सिबल रेड र स्तिल्थ ब्ल्याक रंगमा उपलब्ध छ ।

    साताको लोकप्रीय