राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने

राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने

अर्थ डबली
बिहिवार, श्रावण २१ २०७८
अर्थ डबली
बिहिवार, श्रावण २१ २०७८ (अर्काइभ बाट)
  • राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्ने भएको छ । 

    images
    images

    राष्ट्र बैंकले ७ दिनका लागि निक्षेप सङ्कलनका लागि आज बिहीबार ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर सिस्टममार्फत बोलकबोल गर्ने भएको हो । 

    बोलकबोल माध्यमबाटै ब्याजदर निर्धारण गर्ने भनिएको उक्त उपकरणको साँवा तथा ब्याज भुक्तानी साउन ८ गते हुनेछ। 

    राष्ट्र बैंकले घटीमा ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने जानकारी दिएको छ । 

    राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने यो उपकरण निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बोलकबोल बहुब्याजदर प्रणालीमा पनि गर्न सकिनेछ।

    यो निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउने छन्।

    निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र व्याजदर उल्लेख गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

    राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गर्न सकिनेछ । 

    समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा Pro-off Rate मा बाँडफाँड गरिनेछ । खुला बजार कारोबारसञ्चालन समितिले कटअफ रेट निर्धारण गरिने राष्ट्रे बैंकले जनाएको छ । 

    0001.jpg

    साताको लोकप्रीय