शेयर बजारमा करेक्सन : विकास बैंकबाहेक सबै समूहको परिसूचक घट्यो, १४ अर्बमाथिको कारोबार 

शेयर बजारमा करेक्सन : विकास बैंकबाहेक सबै समूहको परिसूचक घट्यो, १४ अर्बमाथिको कारोबार 

अर्थ डबली
बिहिवार, साउन २१ २०७८
अर्थ डबली
बिहिवार, साउन २१ २०७८ (अर्काइभ बाट)
  • शेयर बजारमा करेक्सन : विकास बैंकबाहेक सबै समूहको परिसूचक घट्यो, १४ अर्बमाथिको कारोबार 

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा ०.४० प्रतिशतको करेक्सन देखिएको छ । पछिल्लो दुई दिन यता निरन्तर नयाँ रेकर्ड बनाएको परिसूचक आज १२.६४ अङ्कले घटेर ३ हजार ११०.८१ बिन्दुमा खुम्चिएको छ ।

    images
    images

    यस दिन नेप्से परिसूचक बृद्धि भए पनि ठूला कम्पनीको शेयरमापक सेन्सेटिभ इन्डेक्स भने ०.५८ प्रतिशतले बढेर ५७८.९४ प्रतिशतले बढेको छ । यता, कारोबार रकममा भने आज सामान्य गिरावट आएकोछ  ।

    बुधबार ३ हजार १२३.१५ बिन्दुमा पुगेर बन्द भएको बजारमा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार रुपैयाँ  बराबरको शेयर कारोबार भएको थियो भने आज १४ अर्ब १७ करोड १२ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

    बिहीबार शेयर बजारमा अधिकांश परिसूचक राताम्मे बनेका छन् भने विकास बैंक समूहको परिसूचक मात्रै २.२४ प्रतिशतले बृद्धि भएको छ ।

    यो दिन सबैभन्दा बढी हाइड्रो पावर समूहको परिसूचक २.२९ प्रतिशत, लगानी समूहको १.३७ प्रतिशत, होटल्स तथा पर्यटन समूहको १.२९ प्रतिशत, व्यापारिक समूह को १.०९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.०१ प्रतिशतले घटेको छ । यसैगरी अन्य समूहको ०.७५ प्रतिशत, निर्जीबन बीमको ०.३८ प्रतिशत, म्युचुअल फण्डको ०.०७ प्रतिशत, लघुवित्तको ०.६९ प्रतिशत, जीवन बीमाको ०.३३ प्रतिशत, वित्त समूहको ०.९६ प्रतिशत र बैंकिङ उपसमूहको परिसूचकमा सामान्य गिरावट आएको छ ।


    यसदिन कारोबारमा आएका २२६ ओटा कम्पनीमध्ये तीनओटा कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ । नेप्सेका अनुसार आज नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट र जीवन विास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा १० प्रतिशतको पोजेटिभ सर्किट लागेको हो । यसैगरी आज युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य पनि ९.९८ प्रशितले बृद्धि भएको छ ।

    बढेको बजारमा आज युनिभर्सल पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक बढी गुमाएका छन् । उक्त समूहको शेयरमूल्य ६.७९ प्रतिशतले घटेको हो । 

    बिहीबार शेयर बजारमा २२६ ओटा कम्पनीको १ लाख ३३ हजार ७४९ पटकको व्यापारमा २ करोड ८६ लाख १८ हजार २५८ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा आज कारोबार रकमको आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको ६५ करोड २६ लाख ८ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा अपि पावर कम्पनीको ५७ करोड ७० लाख २ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

     

    साताको लोकप्रीय