१५६ विद्यालय भवन ९९ प्रतिशत भवन पुन : निर्माण सम्पन्न

१५६ विद्यालय भवन ९९ प्रतिशत भवन पुन : निर्माण सम्पन्न

अर्थ डबली
बिहिवार, साउन २१ २०७८
अर्थ डबली
बिहिवार, साउन २१ २०७८ (अर्काइभ बाट)
  • १५६ विद्यालय भवन ९९ प्रतिशत भवन पुन : निर्माण सम्पन्न

    लमजुङ/ गोरखा भूकम्पले क्षति पु¥याएका १५६ विद्यालय भवन पुनःनिर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते  शनिबार गएको भूकम्पले क्षति बनाएको १३१  विद्यालयका  ती  नयाँ भवन बनेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)  प्रमुख अशोक पराजुलीले जानकारी दिए । 

    images
    images

    उनले भने, “हालसम्म ९९ प्रतिशत विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएको छ । ” जिल्लामा ६९ शौचालय पुनःनिर्माण गर्नुपर्नेमध्ये ६८ सम्पन्न भएको छ । 

    यसैगरी ३६ खानेपानी धारा पुनःनिर्माण गर्नुपर्नेमध्ये ३४सम्पन्न भएको छ । जिल्लामा विद्यालय भवन, शौचालय र खानेपानी गरी २६८ बनाउनुपर्ने मध्ये २५७ सम्पन्न भएको  जनाइएको छ ।   

    उनले भने, “हामीले जिल्लामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा सकाउने लक्ष्य राखे पनि बर्खायाममा विभिन्न ठाउँमा भत्किएको बाटो र विद्युत्को समस्याले निर्माण सम्पन्न हुनसकेन । अब आगामी कात्तिक महिनाभित्र सबै काम सम्पन्न गर्नेछौँ । ” आर्थिक वर्ष २०७३÷०७४ मा विद्यालय भवन पुनःनिर्माण  शुरुआत भएको थियो । 

    उक्त आर्थिक वर्षदेखि जिल्लामा पुनःनिर्माण गर्नुपर्ने विद्यालय भवन पाँच वर्ष अवधि रहेको थियो ।   जिल्लामा कूल ३५२ सामुदायिक विद्यालय रहेकोमध्ये ती विद्यालयका भवनमा भूकम्पले क्षति पु¥याएको थियो । सबै योजना विद्यालय व्यवस्थापन समितिमार्फत पुनःनिर्माण भइरहेको छ । 
    ––

    साताको लोकप्रीय