मेगा बैंकद्वारा बाराका माछा किसानलाई सहुलियत कर्जा

मेगा बैंकद्वारा बाराका माछा किसानलाई सहुलियत कर्जा

अर्थ डबली
बिहिवार, साउन २१ २०७८
अर्थ डबली
बिहिवार, साउन २१ २०७८ (अर्काइभ बाट)
  • मेगा बैंकद्वारा बाराका माछा किसानलाई सहुलियत कर्जा

    काठमाडौँ / मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाका माछापालक किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । 

    images
    images

    मेगा बैंक नेपाल लिमिटेड, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछाकृषकहरुलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो । 

    यस सम्बन्धी सम्झौता पत्रमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेडका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरी आचार्यले सम्झौता गरे । 

    यो सम्झौताबाट बारा जिल्लाको कोल्हवी नगरपालिकामा रहेका माछापालक कृषकहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । 

    ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेडले माछापालक कृषकहरुलाई प्राविधिक सहयोग र अन्य सामाग्रीहरु आपूर्ति गर्नेछ भने मेगा बैंकले सहुलियतपूर्ण कर्जा र अन्य आवश्यक कर्जाहरु सहज रुपमा उपलब्ध गराउनेछ । 

    हलोदेखि हाइड्रोसम्म नारा बोकेको मेगा बैंकले माछापालक कृषकहरुलाई सहुलियतपूर्ण कर्जाबाट प्रोत्साहन गरी माछामा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले यो सम्झौता गरिएको बैंकका अध्यक्ष भोजबहादुर शाहले बताए । 

    मेगा बैंकले आगामी ५ बर्षका लागि तयार गरेको रणनीतिमा आयातलाई प्रतिस्थापन गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । 

    मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बैंकिङ पहुँचमा नरहेका मध्यमवर्गीय र न्यून आय भएका नेपालीहरु सदैव मेगा बैंकको प्राथमिकतामा रहेको बताए । 

    बैंकले आम नागरिकहरुलाई स्थापनाकालदेखि नै प्राथमिकतामा राखेको बताउँदै सिइओ खुञ्जेलीले माछापालक किसानहरुलाई वित्तीय सहायता गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताइन् । 

    यसैगरी, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेडका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरि आचार्यले मेगा बैंकसँग सहकार्य गर्न पाउँदा आफूहरु हर्षित भएको बताए । 

    यसै गरी आज मात्रै बैंकले बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित जीतपुरमा नयाँ शाखा विस्तार गरी सो शाखाबाट बैंकिङ कारोबारको शुभारम्भ समेत गरेको छ ।

    साताको लोकप्रीय