मेगा बैंकले १,७३,८६,११,७५१.७९ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने, बोनस र नगद कति ? 

मेगा बैंकले १,७३,८६,११,७५१.७९ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने, बोनस र नगद कति ? 

अर्थ डबली
बिहिवार, पौष २ २०७७
अर्थ डबली
बिहिवार, पौष २ २०७७ (अर्काइभ बाट)
  • मेगा बैंकले १,७३,८६,११,७५१.७९ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने, बोनस र नगद कति ? 

    काठमाडौँ / मेगा बैंक लिमिटेडले एक अर्ब ७३ करोड ८६ लाख ११ हजार ७५१.७९ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको छ ।

    images
    images

    बैंकको आज पुस २ गते बिहिबार बिहान ८ बजेको बसेको सञ्चालक समितिको ३०७ औँ बैठकले उक्त रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको हो ।

    बैंकले हाल कायम चुक्ता पुँजी १३ अर्ब ३२ करोड २६ लाख ९५ हजार ४१६ रुपैयाँको आधारमा कूल १३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । 

    बैंकका अनुसार उक्त लाभांशमा ३.०५ प्रतिशतले हुने आउने ४० करोड ६३ लाख ४२ हजार २१०.१९ रुपैयाँ नगद लाभांश रहेको छ भने चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने एक अर्ब ३३ करोड २२ लाख ६९ हजार ५४१.६० रुपैयाँ बराबरको बोनस शेयर रहेको छ । 

    प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको १०औँ बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ । 

    mega.JPG

    साताको लोकप्रीय