सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब करदाता सेवा कार्यालय खैरहनीमा

सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब करदाता सेवा कार्यालय खैरहनीमा

अर्थ डबली
आइतवार, पौष ५ २०७७
अर्थ डबली
आइतवार, पौष ५ २०७७ (अर्काइभ बाट)
  • सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब करदाता सेवा कार्यालय खैरहनीमा

    काठमाडौँ / समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले करदाता सेवा कार्यालय खैरहनी नगरपालिका, चितवनमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । 

    images
    images

    अब खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग भुक्तानी  गर्न सक्नेछन् ।

    करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ५ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७० अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ । 

    साताको लोकप्रीय