मेगा बैंकले ल्यायो नेपालमै पहिलो पटक ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा 

मेगा बैंकले ल्यायो नेपालमै पहिलो पटक ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा 

अर्थ डबली
बुधवार, पुस ८ २०७७
अर्थ डबली
बुधवार, पुस ८ २०७७ (अर्काइभ बाट)
  • मेगा बैंकले ल्यायो नेपालमै पहिलो पटक ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा 

    काठमाडौँ / मेगा बैंक नेपाल लिमिटेडले नेपालमै पहिलोपटक ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा ल्याएको छ । 

    images
    images

    ग्राहकहरुको सुविधा र अत्याधुनिक बैंकिङ प्रविधिलाई आत्मसात गर्दै मेगा बैंकले ‘भिडियो कल’बाटै खाता खोल्ने सुविधा ल्याएको हो । 

    ग्राहकहरुलाई विभिन्न प्रकारका सेवा सुविधा दिइरहेको मेगा बैंकको यस सुविधाबाट ग्राहकहरुले घरबाटै आफूले चाहेको खाता खोल्न सक्नेछन् । इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुलाई ‘भिडियो कल’ बाट खाता खोल्ने सुविधा अति नै सहज र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।

    आफूले खोल्न चाहेको खाताबारे जानकारी दिनासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गर्ने व्यवस्था मिलाइएको छ ।  

    यो सेवा कसरी लिने ? 

    सबैभन्दा पहिला ग्राहकहरुले मेगा बैंकको आधिकारिक वेबसाइट मेगा बैंक नेपाल डटकम खोल्नुपर्ने हुन्छ । वेबसाईटको सबैभन्दा माथि बायाँतर्फ ‘अनलाईन अकाउन्ट ओपन मेनु’ आउँछ ।

    यस मेनुमा क्लिक गरेपछि त्यहाँ मेगा बैंकका विभिन्न बचत खाता योजनाहरु भेटिन्छन् र आफूले कुन खाता खोल्न चाहेको हो, त्यो छान्नुपर्छ । छानिसकेपछि ‘कृएट’ ट्याबमा क्लिक गरेर भिडियो कलसम्बन्धी सुविधा रोज्नुपर्छ ।

    ग्राहकले त्यसमा टीक लगाउना साथै आफ्नो नाम, मोवाइल नम्बर, इमेल, नजिकको शाखा कार्यालय र भिडियो कलका लागि मिति सहितको विवरण भरी आफ्नो नागरिकता वा पासपोर्टलाई फोटो खिचेर वा स्क्यान भएको भए सोही अनुसार छनौट गरेर अपलोड गर्नुपर्छ ।

    त्यो विवरण प्राप्त गर्नासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गरी सेवा प्रारम्भ गर्दछन् ।

    नेपालको बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्राइरहेको हालको सन्दर्भमा मेगा बैंकले ग्राहकहरुलाई अत्याधुनिक सुविधा दिने उद्देश्यले भिडियोबाट खाता खोल्ने सेवा ल्याएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् । 

    ‘यसले इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुलाई खाता खोल्नकै लागि बैंकमै आउनुपर्ने वाध्यताको अन्त्य हुने विश्वास लिएका छौं’- सिइओ खुञ्जेलीले भनिन् । 

    साताको लोकप्रीय