सिभिल बैंक युवा लक्षित “युथ म्युजिक कन्टेस्ट २०२१” प्रतियोगिताको प्रायोजक 

सिभिल बैंक युवा लक्षित “युथ म्युजिक कन्टेस्ट २०२१” प्रतियोगिताको प्रायोजक 

अर्थ डबली
बिहिवार, पुस १६ २०७७
अर्थ डबली
बिहिवार, पुस १६ २०७७ (अर्काइभ बाट)
  • सिभिल बैंक युवा लक्षित “युथ म्युजिक कन्टेस्ट २०२१” प्रतियोगिताको प्रायोजक 

    काठमाडौँ / सिभिल बैंक लिमिटेडले दया फाउन्डेसनले नयाँ वर्षको अवसर पारेर युवाहरुलाई लक्षित गर्दै आयोजना गर्ने “युथ म्युजिक कन्टेस्ट २०२१”को प्रायोजन गर्ने भएको छ । 

    images
    images
    images

    उक्त साङ्गीतिक प्रतिस्पर्धात्मक कार्यक्रममा प्रथम, दोश्रो तथा तेश्रो पुरस्कारहरु क्रमशः रु २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ रहेको छ । 

    यस कार्यक्रममा १५ वर्ष देखी २८ वर्षसम्मका युवाहरुले सहभागी हुन पाउनेछन् । इच्छुक प्रतियोगीहरूले मोवाइल एप्लिकेशनहरु जस्तै स्टारमेकर, स्म्युल, इत्यादि अथवा आफैले वा समूहमा वाद्य यन्त्र बजाएर गाईएको गीत (अधिकतम लम्बाइ ५ मिनेट सम्मको) “युथ म्युजिक कन्टेस्ट २०२१” फेसबुक ग्रुपमा अपलोड गर्नुपर्नेछ । 

    प्रतिस्पर्धीले कुनै पनि भाषाको गीत गाउन सक्नेछन् । यद्यपि नेपालको विभिन्न मौलिक भाषामा गाइएका गीतलाई भने प्राथमिकता दिइनेछ । 

    नयाँ प्रतिभावान युवा गायक तथा गायिकाहरुलाई प्रोत्साहन गर्न यो प्रतियोगिता आयोजना गरिएको हुनाले नवप्रतिभाहरुलाई बिशेष प्राथमिकताका साथ सहभागिताका लागि आह्वान गरिएको छ । पहिलो चरणको गीत अपलोड जनवरी १२ तारिकसम्म गर्नुपर्नेछ । 

    निर्णायक मण्डलद्वारा गायकीको स्तर मापन पश्चात जनवरी १५ तारिकमा कुल २१ प्रतिस्पर्धीहरुको छनौट गरिनेछ । ती २१ प्रातिस्पर्धीहरुले दोस्रो चरणको गीत जनवरी १८ तारिक सम्म अपलोड गरिसक्नुपर्नेछ।

    अन्तिम चरणमा “युथ म्युजिक कन्टेस्ट २०२१” का विजेताहरूको घोषणा ७० प्रतिशत “युथ म्युजिक कन्टेस्ट २०२१” को फेसबुक ग्रुप मार्फत प्राप्त लाइकको आधारमा र ३० प्रतिशत निर्णायक मण्डलद्वारा प्रदान गरिएको अंकको भारित औसतको आधारमा गरिनेछ । 

    दया फाउन्डेसनको तीन मुलभूत उद्देश्य; शिक्षा, स्वास्थ्य तथा संस्कृति मध्ये यो कार्यक्रमले नेपाली संस्कृतिलाई योगदान पु-याउने कुरा दया फाउन्डेसनका संस्कृती क्षेत्रका संयोजक नीभा माथेमा प्रधानले बताए । 

    हाल कोरोनाको कहरको कारणले गर्दा युवाहरु माझ व्याप्त मानसिक तनाबलाई न्यूनीकरणका लागि पनि यो सांगीतिक कार्यक्रमको आयोजना गरिएको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले बताए । 

    साताको लोकप्रीय