ट्रम्प र बाइडनमध्ये कुन राज्यमा को अगाडि ?

ट्रम्प र बाइडनमध्ये कुन राज्यमा को अगाडि ?

अर्थ डबली
बिहिवार, कार्तिक २० २०७७
अर्थ डबली
बिहिवार, कार्तिक २० २०७७ (अर्काइभ बाट)
  • ट्रम्प र बाइडनमध्ये कुन राज्यमा को अगाडि ?

    अमेरिकामा राष्ट्रपति चुनावका लागि असाध्यै महत्वपूर्ण मानिने राज्यमध्ये एक जर्जियाका शीर्ष चुनाव अधिकारीले त्यहाँ करिब २ लाख भोट अझै गन्न बाँकी भएको बताएका छन् ।

    images
    images

    ब्रेड रेफेन्सपर्गरले  बुधबार राती वा बिहीबार बिहानसम्म मतगणना जारी रहन सक्ने बताएका छन् ।
    उनले भने, ‘यो तुरुन्त गर्नु महत्त्वपूर्ण छ तर  अझ महत्त्वपूर्ण सही गर्ने हो ।’

    ट्रम्प रिपब्लिकन राज्य जर्जियामा ३८,९९६ मतले अगाडि छन्।

    यसका साथै उत्तरी क्यारोलिना, विस्कन्सिन, नेभाडा र पेन्सिलभेनियामा गणना जारी छ ।

    – नर्थ क्यारोलाइनामा ट्रम्प ७६,७३७ भोटले अघि छन् । त्यहाँका अधिकारीले अन्तिम परिणाम १३ नोभेम्बरभन्दा अघि नआउने बताएका छन् ।

    – विस्कन्सिनमा बाइडन २०,५१० भोटले अघि छन् । त्यहाँ ९९ प्रतिशत मतगणना भइसकेको छ ।

    – नेवाडामा ८५ प्रतिशत ब्यालेटको गन्ती भइसकेको छ र त्यहाँ बाइडन ७,४६७ भोटले अघि छन् ।

    – पेन्सिल्वेनियामा ट्रम्पको १,८७,००० भोटको अग्रता छ तर लाखौं भोट अझै गन्ती हुन बाँकी छ जसमध्ये धेरैजसो डेमोक्रेटिक क्षेत्रको पोस्टल ब्यालेट छन् ।

    - बीबीसी

    साताको लोकप्रीय