चिया पिलाउँदै, स्वाद चिनाउँदै

चिया पिलाउँदै, स्वाद चिनाउँदै

अर्थ डबली
आइतवार, फागुन २ २०७७
अर्थ डबली
आइतवार, फागुन २ २०७७ (अर्काइभ बाट)
  • चिया पिलाउँदै, स्वाद चिनाउँदै

    उद्योग आसपास जब नयाँ मान्छे पुग्छ, उद्योगी छेउमा पुग्छन् । चिनजान गर्छन् । खबर सोधासोध हुन्छ । सँगै घुमघाम गर्छन् । अनि उद्योगीले आफ्नै उद्योगमा पाहुनालाई आमन्त्रण गर्छन् ।  

    images
    images

    उद्योगको आफ्नै ‘क्याबिन’मा बसाउँछन् । अनि सोध्छन्,‘कुन चिया लिउ ?’ पाहुनाको जवाफअनुसार चिया बनाइन्छ । कसैले छनोट गर्न नसके पनि मिठै चिया पिलाउँछन् ।

    आफ्नो क्षेत्रमा आउने पाहुनालाई गर्ने सत्कार हो यो । अनि चियाको प्रवद्र्धन । यसरी थरिथरीका चिया पिलाउने व्यक्ति हुन्छन्  इलाम देउमाई नगरपालिकास्थित पानीटारका राजु कटुवाल । कटुवाल पानीटार नजिकैको ब्रदर्श अर्थोडक्स टी प्रोडर्सस प्रालिका सञ्चालक हुन्छन् । 

    पानीटार आसपासका किसानको चिया ल्याउने फ्याक्ट्री हो, ब्रदर्श अर्थोडक्स । नाम जस्तै मान्छे पनि । दाजुभाइ झैँ सबैलाई सत्कार गर्ने उनको बानी।

    यसैले एकादुई दिनमा उहाँका पाहुना आइरहन्छन् । यी सबैलाई आफ्नै हातले बनाएको चिया पिलाएर उनी पठाउछन् । यहाँ व्यापारसँगै सत्कार र संस्कृति तथा संस्कार झल्किन्छ ।

    राजु सञ्चालक बनेदेखि यो उद्योग निरन्तर चलिरहेकै छ । उनको यही व्यवहारले नेपाल मात्र होइन, भारतहुँदै तेस्रो मुलुकसम्म चियाको व्यापार पुगेको छ ।

    यहाँ अर्थोडक्स चियाबाट बन्ने विभिन्न प्रकारका चिया बन्छन् । पाहुनाको माया र उद्योगको कमाइले चलेको छ, उनको जिन्दगी  जिन्दगी । राजुको मात्र होइन, सँगसँगै १३ जना उद्योगीको जीवन ।

    अनि सँगसँगै चलेको छ उनको   चिया ल्याउने किसानको । यो उद्योग तीन वर्षअघि नै अर्गानिक सर्टिफिकेट हो । यसैले चिया प्रचारका लागि धेरै बोल्नु पर्दैन ।

    पहाडको अर्थोडक्स, त्यसमा पनि अर्गानिक । फेरि चियाको अनेकन ‘भेराइटिज’ । स्वादकै लागि चिया किन्नेको जत्था कम छैन उद्योगमा । उद्योगको सबै थोक राजुकै काँधमा छ ।
       
     कसैले उद्योगको तपार्इं के हो भनेर सोधे, राजु ठट्यौलीमा भन्छन् ,‘खोइ आफैलाई थाहा छैन, सबै थोक आफै गर्नुपर्छ ।’ उद्योगको सबैथोक आफै गर्नुपर्नाले राजुलाई व्यवस्थापक भने नि हुन्छ ।

    विसं २०६८ तिर राजु त्यही उद्योगको हरियो चियापत्ती सङ्कलक हुनुहुन्थ्यो । यसपछि एक्कासि उद्योगी बन्नुपर्ने भयो । अनेक समस्या र अभावकाबीच राजु सञ्चालक बने। 

    राजुकै हातबाट बन्ने ११ ‘भेराइटिज’

    उनकै  हातबाट ११ किसिमको ‘भेराइटिज’का ‘ग्रीन टी’, ‘नर्मल ग्रीन टी’, ‘रोस्टेड ग्रीन’,‘नर्मल ग्रीन’, ‘पल ग्रीन’,‘गोल्डेन पल’,‘ह्वाइट पल’,‘गोल्डेन टी’,‘ह्वाइट टी’,‘ह्वाइट हिँडन’,‘गोल्डेन निडल’,‘ब्लाक टी’ र ओलाङ टी बन्छन् ।
     
    ‘टी टुरिज्जम’मा पनि

    अरू चियामा भन्दा बेग्लै स्वाद हुन्छ, अर्थोडक्समा । अनि झन् बेग्लै पहिचान र स्वाद हुन्छ, अर्गानिक अर्थोडक्समा । त्यसमा पनि पानीटारको अर्थोडक्समा भिन्नै स्वाद भेटिन्छ ।

    हावापानी र भौगोलिकता नै भिन्न भएकाले चियामा विशेष स्वाद हुन्छ । यो चिनाउन राजु अहिले ‘टी टुरिज्जम’मा लाग्नुभएको छ । 

    पानीटारकै एउटा कुनै ठाउँमा बस्ने, चियाकै पुस्तक पाहुनालाई देखाउने, चिया चखाउने र अनि चिया चिनाउने योजना बोकेर उहाँ हिँड्दै हुनुहुन्छ । चियाले आफ्नै ठाउँमा बजार लिनुपर्छ भन्ने मान्यता उहाँ राख्नुहुन्छ । 

    केही दिनअघि मात्र सरकारले देशभरका १०० पर्यटकीय क्षेत्र छनोटमा पानीटार राखेको छ । देउमाई नगरपालिकाको पानीटार पर्यटन विकास तथा सिद्धिथुम्कामा टावरसहित पार्क निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ ।

    सो आयोजनाका लागि रु एक करोड ४४ लाखको लागत अनुमान गरिएको छ । सोका लागि मन्त्रालयको लागत रु ९४ लाख र साझेदार लागत रु ५० लाख रहेको छ ।

    साताको लोकप्रीय