सिभिल बैंकका वार्षिक साधारणसभा : लाभांश प्रस्ताव पारित, यस्ता छन् अन्य निर्णय

सिभिल बैंकका वार्षिक साधारणसभा : लाभांश प्रस्ताव पारित, यस्ता छन् अन्य निर्णय

अर्थ डबली
आइतवार, फागुन ९ २०७७
अर्थ डबली
आइतवार, फागुन ९ २०७७ (अर्काइभ बाट)
  • सिभिल बैंकका वार्षिक साधारणसभा : लाभांश प्रस्ताव पारित, यस्ता छन् अन्य निर्णय

    काठमाडौँ / सिभिल बैंक लिमिटेडको दशौँ वार्षिक साधारण सभा मिति २०७७ फाल्गुन ९ गते आइतबार भर्चुअल   माध्यमबाट सम्पन्न भएको छ । 

    images
    images

    उक्त साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्तापूँजीको ८ प्रतिशतका दरले हुन आउने रु.६४ करोड २ लाख ७१ हजार १७३.९१ रुपैयाँ बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.४२ प्रतिशतका दरले हुन आउने रु.३ करोड ३६ लाख ९८ हजार ४८२.८४ नगद लाभांश वितरण गर्न पनि सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।

    साथै सभाले आ.व. २०७७/०७८ को लेखापरीक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्सलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

    civil bank news.JPG

    सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । 

    करीव पाँच लाखभन्दा बढी ग्राहकहरूलाई ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटियम मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७८ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७२ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ । 

    साताको लोकप्रीय