नयाँ वर्षमा ‘हुन्डाई चढौं, अघि बढौं योजनाः स्क्र्याचमा जित्नुस २० देखि ७८ हजारसम्म छुट, अन्य केके छन् ? 

नयाँ वर्षमा ‘हुन्डाई चढौं, अघि बढौं योजनाः स्क्र्याचमा जित्नुस २० देखि ७८ हजारसम्म छुट, अन्य केके छन् ? 

अर्थ डबली
बिहिवार, चैत्र १९ २०७७
अर्थ डबली
बिहिवार, चैत्र १९ २०७७ (अर्काइभ बाट)
  • नयाँ वर्षमा ‘हुन्डाई चढौं, अघि बढौं योजनाः स्क्र्याचमा जित्नुस २० देखि ७८ हजारसम्म छुट, अन्य केके छन् ? 

    काठमाडौं / हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले आफ्नो नयाँँ वर्ष योजना ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ सार्वजनिक गरेको छ ।
      
    यो योजना अन्तर्गत हुन्डाईको कुनैपनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । 

    images
    images

    यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट, स्क्रयाच कार्ड मार्फत रु.२०,००० देखि ७८,००० सम्मको अतिरिक्त छुट पाउने छन् ।

     
    यस्तै, रु.१५,००० बराबरको लोयल्टी बोनस, रु. १,००,००० सम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा  पनि प्राप्त गर्न सक्नेछन् । 

    हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ । 

    लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

    हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

     

    साताको लोकप्रीय