बाइडेनको कार्यकालमा रक्षामन्त्रीमा महिलाले अवसर पाउने सम्भावना बढ्यो

बाइडेनको कार्यकालमा रक्षामन्त्रीमा महिलाले अवसर पाउने सम्भावना बढ्यो

अर्थ डबली
आइतवार, कार्तिक ३० २०७७
अर्थ डबली
आइतवार, कार्तिक ३० २०७७ (अर्काइभ बाट)
  • बाइडेनको कार्यकालमा रक्षामन्त्रीमा महिलाले अवसर पाउने सम्भावना बढ्यो

    वासिङटन / संयुक्तराज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक महिलालाई अवसर दिने सम्भावना रहेको छ । 

    images
    images

    अमेरिकी रक्षामन्त्रीमा हालसम्म कुनै पनि महिलाले अवसर पाएका छैनन् । 

    रक्षा मन्त्रालय मातहतका निकायमा रहेर काम गरिसक्नु भएकी मिसेल फ्लोरनोएले यस्तो दुर्लभ अवसर प्राप्त गर्न लाग्नु भएको बाइडेन निकटका व्यक्तिहरुले बताएका छन् । 

    राजनीतिक रुपमा मध्यमार्गी धारकी भनेर चिनिनु हुने मिसेल बाइडेनको पहिलो रोजाईमा रहने बताइएको छ । 

    राष्ट्रपति डोनाल्ड ट्रम्पको चार वर्षे कार्याकालमा पाँच जना रक्षामन्त्री फेरिइसकेका छन् ।

    पछिल्लो पटक रक्षामन्त्री मार्क एस्परलाई राष्ट्रपति ट्रम्पले चुनाव सकिएलगत्तै गत सोमबार बर्खास्त गरेका छन् । अहिले उक्त पद रिक्त छ । 

    रक्षामन्त्री एस्परले विदेशबाट अमेरिकी सेना फिर्ता गर्ने तथा अमेरिकामा भएका कतिपय विरोध प्रदर्शनमा सेना परिचालन गर्ने विषयमा राष्ट्रपति ट्रम्पसँग विमती राख्दै आएका थिए । 

    डेमोक्रेट पार्टीले विगतदेखि नै मुलुकका रक्षा मन्त्रालय समेतका महत्वपूर्ण पदहरुमा महिलालाई पनि अवसर दिनुपर्ने भन्दै वकालत गरिरहेको छ । 

    यसअघि सन् २०१६ मा हिलारी क्लिन्टन राष्ट्रपतिमा विजयी भएको भए मिसेललाई नै रक्षा मन्त्रालयको कार्यभार दिइने चर्चा थियो । 

    अहिले फेरि मिसेलको नाम अग्रस्थानमा छ । 

    उनान्साठी वर्षीया मिसेलले विदेशमा अमेरिकी सैनिक सहयोगलाई अझ सुदृढ गर्नुपर्ने दृष्टिकोण राख्दै आएका छन् । 

    उनले सन् २००९ देखि २०१२ सम्म अमेरिकी रक्षा नीतिसम्बन्धी उपमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । 

    अमेरिकी सिनेटमा रिपब्लीकन र डेमोक्रेट दुवैले मिसेलको नामलाई सहजै अनुमोदन गर्ने सम्भावना रहेको छ । 

    तर कतिपयले गृह विभागका पूर्व प्रमुख जे जोन्सन पनि रक्षामन्त्रीका लागि सम्भावित उम्मेदवार रहेको बताइरहेका छन् । 

    तर बाइडेनले यसअघि चुनावी प्रचारका क्रममा महिलालाई विशेष अवसर र प्राथमिकता दिने बतारहेका कारणले पनि मिसेल नै रक्षामन्त्री हुने सम्भावना बढी छ । 
    रासस–एपी

    साताको लोकप्रीय