आवश्यकता भन्दा बढी सुत्नाले यी ५ गम्भिर रोगको खतरा, तुरुन्त बदल्नुहोस् यी आदत

आवश्यकता भन्दा बढी सुत्नाले यी ५ गम्भिर रोगको खतरा, तुरुन्त बदल्नुहोस् यी आदत

अर्थ डबली
शुक्रवार, आश्विन १ २०७८
अर्थ डबली
शुक्रवार, आश्विन १ २०७८ (अर्काइभ बाट)
  • आवश्यकता भन्दा बढी सुत्नाले यी ५ गम्भिर रोगको खतरा, तुरुन्त बदल्नुहोस् यी आदत

    धेरैजसो मानिसहरूलाई छुट्टीको समयमा ढिलासम्म सुत्न मन पर्छ । तर समस्या तब हुन शुरु हुन्छ जब तपाईलाई ढिलासम्म सुत्ने आदत लाग्नछ । र बिस्तारै तपाइँ स्वास्थ्य समस्याहरु बाट परेशान हुन थाल्नुहुन्छ। 

    images
    images

    हो, एक लामो समयका लागि मोटोपन जस्तै सुगर जस्ता समस्याले तपाईलाई घेर्न थाल्छ । धेरै समयसम्म सुत्नाले केके स्वास्थ्य समस्या हुन्छ । हेर्नुहोस् :

    sena work.JPG

    मधुमेह
    लामो समयसम्म सुत्नुले व्यक्तिको शारीरिक गतिविधि घटाउँछ र उसको चिनीको स्तर बढ्ने खतरा बढ्छ। पीएलओएस जर्नलमा प्रकाशित एक अध्ययन अनुसार ९ घन्टाभन्दा बढी सुत्नाले व्यक्तिको शरीरमा चिनीको खतरा बढ्छ।

    मुटु रोग
    अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार धेरै सुत्दा मुटु रोगको खतरा बढ्छ। यस अध्ययनका अनुसार ९ देखि ११ घण्टा सुत्ने महिलाहरुमा मुटुरोगको सम्भावना ३८ प्रतिशतबढीले बृद्धि हुन्छ । 

    डिप्रेसनको सम्भावना 
    तपाइँलाई यो कुराले आश्चर्यचकित बनाउँछ कि धेरै सुत्नु पनि डिप्रेसनको कारण हुन सक्छ । हालै प्रकाशित पीएलओएसमा प्रकाशित अध्ययनका अनुसार धेरै सुत्नु डिप्रेसनको कारण बन्न सक्छ । यो मात्र हैन, लामो समयसम्म सुत्दा व्यक्तिको दिमाग पनि सुस्त हुन्छ । दैनिक काममा पनि उसको मन लाग्दैन । 

    sena work.JPG

    ढाड दुख्नु
    जो मानिसहरू एक कुर्सीमा बसेर घण्टौसम्म काम गर्दछन्, यदि उनीहरु लामो समयसम्म सत्दा पिठ्यू, गर्धन र काँध दुख्ने समस्या हुन सक्छ।

    मोटोपन
    लामो समयसम्म सुत्नका लागि शारीरिक गतिविधि नगण्य हुन्छ। व्यक्ति आफ्नो अधिकांश समय खाने, बस्ने वा सुतेर बिताउँछ। जसले मोटोपन बढ्ने समस्या निम्त्याउँछ । यति मात्र होइन, यसको कारणले पाचन प्रक्रिया पनि सुस्त हुन थाल्छ र कब्जियतको समस्याले पनि मानिसलाई दुःख दिन थाल्दछ । 

    साताको लोकप्रीय