‘अफगानिस्तानमा शान्ति सेना पठाउने विषयमा सोचिएको छैन’

‘अफगानिस्तानमा शान्ति सेना पठाउने विषयमा सोचिएको छैन’

अर्थ डबली
मंगलवार, श्रावण १९ २०७८
अर्थ डबली
मंगलवार, श्रावण १९ २०७८ (अर्काइभ बाट)
  • ‘अफगानिस्तानमा शान्ति सेना पठाउने विषयमा सोचिएको छैन’

    अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना पठाउने विषयमा अहिले नसोचिएको संयुक्त राष्ट्रसङ्घका लागि भारतीय राजदूतले बताएका छन् । 
     
    संयुक्त राष्ट्रसङ्घका लागि भारतीय राजदूत टिएस तिरुमूर्तिले सो कुरा बताएका हुन् । 

    images
    images

    उनले भनेका छन्,, हामीले अहिले नै अफगानिस्तनमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना पठाउने बारेमा केही सोचेका छैनौँ, मलाइ लाग्छ यो अहिलेको अवस्थाको समाधानका लागि शान्ति वार्ता नै विकल्प हुनसक्छ । 

    हाल भारत संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अध्यक्ष रहेको छ । अध्यक्षको हैसियतमा तिरुमूर्तिले सो कुरा बताएका छन् । 

    उनले भनेका छन् कि तर हाल अफगानिस्तानको अवस्था निकै नै कमजोर भएको छ, त्यहाँका तालिबानीले हिंसालाई बढावा दिएका छन् र विभिन्न शहरमा उनीहरुले आक्रमण गरेको समाचार आइरहेका छन् । 
     
    राजदूत तिरुमूर्तिले सुरक्षा परिषद्को बैठकमा बोल्दै संयुक्त राष्ट्रसङ्घले अझै पनि अफगानिस्तानको समस्याको समाधान वार्ताबाटै गर्नुपर्छ भन्ने ठानेको छ भने । 

    हेल्माण्डमा सेना र तालिबानीबीच भीषण भीडन्त

    उता अफगानिस्तानको दक्षिणी हेल्माण्ड प्रान्तमा तालिबानीसँग भीषण भीडन्त जारी नै रहेको समाचारमा आएको छ । 

    अफगानिस्तानको सेना र अमेरिकी सेनाले सो क्षेत्रमा हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मान्ड प्रान्तको एक शहर लस्कर गाहमा तालिबानीले कडारुपमा प्रतिवाद गरिरहेको बताइएको छ ।

    सोमबार प्राप्त भएको समाचारमा उक्त सहरमा तालिबानले एउटा टेलिभिजन स्टेशन नै कब्जामा लिएका बताइएको छ ।

    यहाँका प्रत्यक्षदर्शीले दिएको जानकारीअनुसार यहाँका ग्रमीण क्षेत्रका कैयौँ मानिसले कतिपय गाउँका खाली भवन तथा कार्यालयमा शरण लिएर बसेका छन् ।

    केही दिनयता अफगान तालिबानीले आक्रमणलाई तीव्र बनाएपछि विद्रोहीसँग लड्न ठूलो संख्यामा थप अफगान सैनिक परिचालन गरिएको छ ।

    यसअघि सो क्षेत्रमा अमेरिकी सेना करिब बीस वर्षसम्म रहेका अमेरिकी सेना हालैमात्र त्यहाँबाट हटेपछि अहिले अफगानिस्तानको सेनाले सुरक्षा दिँदै आएको थियो । 

    केही दिनयता सो क्षेत्रमा तालिबानीले तीव्ररूपमा आक्रमण गरेर कैयौँ भू–भाग कब्जा गर्ने प्रयास गरिरहेका छन् । उनीहरुले केही स्थान त कब्जामा लिइसककेको पनि बताइएको छ । 

     

    साताको लोकप्रीय