कुन्दुज प्रान्तमा झडप १४ को मृत्यु

कुन्दुज प्रान्तमा झडप १४ को मृत्यु

अर्थ डबली
बिहिवार, पौष २३ २०७७
अर्थ डबली
बिहिवार, पौष २३ २०७७ (अर्काइभ बाट)
  • कुन्दुज प्रान्तमा झडप १४ को मृत्यु

    अफगानिस्तानको उत्तर भागमा रहेको प्रान्त कुन्दुजमा सुरक्षकर्मी र  आतङ्ककारीबीच भएको झडपमा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ । 

    images
    images

    बुधबार मध्यराति भएको यस झडपको क्रममा छ सैनिक र आठ आतङ्ककारी मारिएका  सुरक्षा स्रोतले बिहीबार जानकारी दिएको छ । यस घटनामा के कति घाइते भएलगायतका विस्तृत विवरण भने प्राप्त भएको छैन् 

    अफगानिस्तानमा यतिखेर पुनः एक पटक शान्ति वार्ताको प्रयास थालिएको  छ । यद्यपि अफगानिस्तानमा दिनहुँ राजनीतिक प्रेरित हत्या र हिंसाका घटना भइरहेको अवस्था कायम नै छ । यसै अवस्थामा अफगान सरकार र दुई दशकभन्दा लामो समयदेखि यहाँ हिंसा मच्चाइरहेका प्रमुख विद्रोही तालिबान समूहबीच कतारमा पुनःवार्ता शुरु भएको हो ।

     
    तालिबानी समूहले अहिले पनि सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणबाट तालिबान शासन पतन हुँदाको अवस्थाकै शासकीय संरचना चाहेका छन् । तर अफगान सरकारका वार्ताकारले स्थायी युद्धबिराम र हालको शासकीय प्रणाली यथावत् राख्न विशेष रुपमा जोड दिँदै आएको छ ।  

    गतवर्ष फेब्रुअरीमा तालिबान र अमेरिकाबीच अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने र सन् २०२१ को मे महिना भित्रै सबै सैनिक फिर्ता गरिसक्ने सम्झौता भएको थियो । अफगानिस्तान सरकार र तालिबानबीचको वार्ता शुरु भएदेखि पनि देशभित्र हिंसात्मक घटनामा कुनै कमी आएको छैन । 

    अफगान अधिकारीले यी आक्रमणमा तालिबानीको संलग्नता रहेको दाबी गरिरहेका छन् तर अधिकांश यी आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिइआएको छ । तालिबानले जनतालाई विभाजित गर्ने र सरकारको सुरक्षा संस्थामाथि योजनाबद्धरुपमा जनतामा नैराश्यता उत्पन्न गर्ने कोशिस गरिरहेका छन्

    साताको लोकप्रीय