विद्युत प्राधिकरणमा कुलमान घिसिङको कमब्याक

विद्युत प्राधिकरणमा कुलमान घिसिङको कमब्याक

अर्थ डबली
बुधवार, साउन २७ २०७८
अर्थ डबली
बुधवार, साउन २७ २०७८ (अर्काइभ बाट)
  • विद्युत प्राधिकरणमा कुलमान घिसिङको कमब्याक

    काठमाडौं / नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

    images
    images

    वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । 


    घिसिङले यस अघि आफ्नो कार्यकालमा प्राधिकरणमा उत्कृष्ट व्यवस्थापन गरेका कारण जनताको वाही वाही पाएका थिए । उनको नियुक्तिले प्राधिकरणले नयाँ उचाई लिने जानकारहरु बताउँछन् ।

    यता प्राधिकरणका प्रमुख शाक्यले लामो समयदेखि विद्युत प्राधिकरणमा आफूले समय विताएको कारण अन्याय नहुने गरी जिम्मेवारी दिए खुशी हुने बताएका थिए ।

    ऊर्जा आयोगमा उनलाई खाईपाइ आएको सुविधा नघटने गरी सरुवा गरिएको बुझिएको छ । 

    साताको लोकप्रीय