काठमाडौँ/ अनलाइन भुक्तानी सेवाप्रदायक खल्तीबाट टिभिएसका सबै सवारी साधनहरुको किस्ता शुल्क अनलाइन भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ ।
नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त खल्ती डिजिटल वालेटले टिभिएसको आधिकारीक बिक्रेता जगदम्बा मोटर्ससँगको सहकार्यमा उक्त सुविधामा सञ्चालनमा ल्याएको जनाएको छ ।
डिजिटल कारोबारालाई प्रोत्साहान गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न यो सुविधा ल्याएको जगदम्बा माटर्सले जनाएको छ ।
खल्ती डिजिटल वालेट र जगदम्बा मोटर्स बीचको सम्झौतामा हस्ताक्षर भएसँगै जुनसुकै समयमा टिभिएसको मोटरसाइकल , स्कुटर, टेप्पो जस्ता सबै सवारी साधनको किस्ता खल्तीबाट सिधै तिर्न सकिने भएको छ ।
ग्राहकहरुको सहजताका लागि टिभिएस सोरुममा खल्ती क्युआरहरु पनि सेट गरेको छ । जसमार्फत ग्राहकहरुले युनियन पेसँग आवद बैंक तथा डिजिटल वालेटहरुबाट पनि भुक्तानी गर्न सक्ने बताइएको छ ।