लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

अर्थ डबली
शुक्रवार, साउन २९ २०७८
अर्थ डबली
शुक्रवार, साउन २९ २०७८ (अर्काइभ बाट)
  • लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

    काठमाडौँ / लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशन बुटवलमा आयोजित एक कार्यक्रमका साथ सम्पन्न भएको छ । 

    images
    images

    उक्त साधारण सभाले लुम्बिनी चेम्बर अफ कमर्सको १६ जना कार्य समितिमध्य १२ जना सदस्य समेत चयन गरेको छ ।

    लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंक प्रसाद पोखरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले निर्विरोध निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । 

    उनले भने “अबका दिनमा आयातित ब्यापारलाई निरुत्साति गरी उत्पादनमुखि अर्थतन्त्रमा ध्यान जानु जरुरी छ र यो कुरा यहा किन भन्नु आवश्यक छ कि तपाईहरु उद्योग ब्यावसायी स्वयम हुनुहुन्छ र यसलाई अगाडी लैजानु हुनेछ ।”

    यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लुम्बिनी प्रदेशमा रहेको बुद्ध भुमिको अन्तर्राष्ट्रिय प्रचार, उनन्तिस प्रतिशत भुभाग कृषि योग्य रहेको बताए । 

    यसको समुचित प्रयोग गरी कृषिमा जोड गरी आत्मनिर्भर हुनुपर्ने,कृषिमा आधारित उद्योग ब्यावसायको बिकास र निर्यातमुखि ब्यावसाय सञ्चालन गर्न सबै तहका चेम्बरहरुको ध्यान जाने कुरामा आफु बिश्वस्त रहेको, आआफ्नो ब्यावसायको साथमा सबै ब्यावसायीहरु एकत्रित भई सहकारी वा कम्पनीको रुपमा कृषि, पशुपालनजन्य तथा जडिबुटीजन्य उद्योग ब्यावसाय संचालनमा लाग्नु हुनेछ भन्ने कुरामा जोड दिए ।

    कार्यक्रममा लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला मन्त्रालयका सचिब बाबुराम अधिकारी, उद्योग मन्त्रालयका सचिब डा.राजेन्द्र केसि, पत्रकार महासंघ का अध्यक्ष सुमन अधिकारीले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहनीको स्वागत मन्तब्य रहेको थियो । 

    सदस्यमा चयन भएका सबैलाई निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता विनोद गौतमले सपथ ग्रहण गराए । प्रथम साधारण सभाबाट चयन भएका सदस्यहरुको प्रथम बैठकले उपाध्यक्षमा श्रीधर महरा, महासचिवमा झविन्द्र कंडेल, सचिवमा चिरञ्जिबी पोखरेल, कोषाध्यक्षमा यूवराज न्यौपाने, सदस्यहरुमा उदयराज लम्साल, यम कुमारी सुवेदी, मदन खड्का, पदम पोखरेल, जय प्रकाश गुप्ता, सुकदेब बेल्वासे, खिम बहादुर खत्री, उमानाथ घिमिरेलाई चयन गरेको छ । 
    त्यस्तै, मनोनिततर्फ शिव ज्ञवाली, महिलातर्फ मन्जु पराजुलीलाई चयन गरेको छ । 

    प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष नेपाल चेम्बर अफ कमर्स कार्य समितिले चयन गर्ने र अन्य पदमा जिल्ला, महानगर, उपमहानगर, नगर, गाउपालिका तथा वडा चेम्बरहरुबाट निर्वाचन हुने बैधानिक ब्यवस्था रहेको छ । 

    कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षहरु दिपक श्रेष्ठ तथा श्रीमति उर्मिला श्रेष्ठ, सातवटै प्रदेश चेम्बर अफ कमर्सका अध्यक्षहरु, प्रदेशभरका जिल्ला, नगर, गाउपालिका तथा वडा चेम्बरका अध्यक्षहरु तथा प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रम जुम तथा भौतिक उपस्थिती दुबै प्रयोग गरिएको थियो ।

    साताको लोकप्रीय