कोरोनाले थलिएको अर्थतन्त्र उकास्न नेपाल घरेलु तथा साना उद्योग महासंघले केके गरिरहेको छ ? [ १० बुँदामा पढ्नुस् ]

कोरोनाले थलिएको अर्थतन्त्र उकास्न नेपाल घरेलु तथा साना उद्योग महासंघले केके गरिरहेको छ ? [ १० बुँदामा पढ्नुस् ]

अर्थ डबली
शनिवार, साउन ३० २०७८
अर्थ डबली
शनिवार, साउन ३० २०७८ (अर्काइभ बाट)
  • कोरोनाले थलिएको अर्थतन्त्र उकास्न नेपाल घरेलु तथा साना उद्योग महासंघले केके गरिरहेको छ ?  [ १० बुँदामा पढ्नुस् ]

    काठमाडौं/   देशभरि लघु उद्यम, घरेलु तथा साना उद्योगको संख्या झण्डै ५ लाख बढिको संख्यामा छन् ।
     विश्वभर फैलिएको कोरोना महामारीका कारण यस प्रकारका लघु, घरेलु तथा साना उद्योगहरु नराम्ररी प्रभावित बनेका छन् ।

    images
    images

    उद्यम संचालनमा कार्यक्षमता कटौती, बेरोजगारी बढेको  मात्रै होइन उत्पादित सामानहरुले बजार नपाउँदा यसै थन्किएका छन् । 

    लघु उध्यम, घरेलु तथा साना उध्योगको छाता संस्थाको रुपमा नेतृत्वदायी भूमिका नेपाल घरेलु तथा साना उध्योग महासंघ ९ँल्ऋक्क्ष्० ले गर्दछ । 

    कोरोनाको कारणले थलिएको अर्थतन्त्र उकास्न महासंघले के कस्ता कार्य गरिरहेको छ ? धेरै उद्यमीहरुको चासोको विषय हुनसक्छ । महसंघले दिएको जानकारी अुनसार केहि संस्थागत प्रयासहरु अगाडि बढाएको महासंघका अध्यक्ष श्यम गिरीले बताएका छन् ।

    अध्यक्ष गिरीले आफ्नो सामाजिक सञ्जालमार्फत करिब १० बुँदमा  आफ्नो संस्थागत प्रयासहरु  प्रस्तुत गरेका छन् । अध्यक्ष गिरीले दिएको विवरण अनुसार कोरोना संक्रमणलाई कम गर्न सघाउ पुग्ने कार्यक्रम तथा खोप जिल्ला संघहरुद्वारा नै पहलकदमी लिन कामदारहरुलाई खोप लगाउन अभियान शुरु गरिएको छ ।

    यस्तै, लामो समयदेखि अल्झिरहेको महासंघ र विभिन्न उस्तै प्रकृतिका संघ तथा फोरमहरुलाई एकीकरणको प्रयास पनि भइरहेको महासंघले जनाएको छ ।

    shyamaa.jpg

    उद्योगीहरुको समस्या समाधान गर्न संयुक्तरुपमा कार्य सम्पादन गरिरहेको समयत अध्यक्ष गिरीले विज्ञप्तिमा भनेका छन् । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीतिमार्फत लघु, घरेलु तथा साना उध्योगको पुनःस्थापन र बिकासका गरिएका बित्तिय व्यवस्था लागू गर्नका लागि बैंक तथा बित्तिय संस्थाहरुसंगको सहकार्यलाई अघि बढाउन संघले पहलकदमी लिने बताएका छन् । यस्तै, बिश्वासको वाताबरण तयार गरी उद्योगीको बित्तिय पहुँच बढाउन आवश्यक कदम अघि बढाईने बताइएको छ । 

    महासंघले गरिरहेका कार्य प्रयास प्रयत्नहरु पढ्नुस् १० बुँदमा 

    १. कोरोना विरुद्धको खोप कार्यक्रमः राज्यले संस्थागत रुपमा लघु, घरेलु तथा साना उद्योगी र कामदारहरुलाई कोरोना विरुद्धको खोपमा प्राथमिकता दिने सैद्धान्तिक सहमति जनाए पनि व्यवहारमा यसलार्इ लागू नगरेको हुँदा अहिले हाम्रा जिल्ला संघहरुले आ–आफैंले पहल गरि उद्यमी र व्यवसायी  र कामदारहरुलाई खोप लगाउने अभियान शुरु गरेका छन । यसलाई व्यापक बनाउन सबै जिल्ला संघहरु लार्इ अनुरोध छ।

    २. महासंघ र समान प्रकृतिका संस्थाहरु बीच एकीकरणको प्रकृयालाई अघि बढाउँदै हाललाई सबै फोरमहरुमा संयुक्त प्रस्तुत हुने र उद्योगीहरुका समस्या समाधान गर्न संयुक्त रुपमा काम गर्ने थालनी गरिएको छ।

    ३. कोरोनाका कारण शिथिल हुन पुगेका बस्तुगत संघहरुलाई पुनः सकृय बनाउन पहल शुरु गरिएको छ।

    ४. सरकारद्वारा घोषित र नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिमार्फत लघु, घरेलु तथा साना उध्योगको पुनःस्थापन र बिकासका गरिएका बित्तिय व्यवस्था लागू गर्नका लागि बैंक तथा बित्तिय संस्थाहरुसंगको सहकार्यलाई अघि बढाउन र बिश्वासको वाताबरण तयार गरी उद्योगीको बित्तिय पहुँच बढाउने सिलसिलामा बैंक तथा वित्तिय संस्थाहरुसँग छलफल र वार्ता गर्दै सहमति र सम्झौता गर्ने काम केन्द्रदेखि जिल्ला तहमा अगाडि बढाइएको छ।

    ५. सरकार तथा बैंक तथा बित्तीय सँस्था संग भएका सहमतिहरुलाई लागू गर्ने अभियान संचालन गर्नेगरि संस्थागत संरचनाको तयारी र थालनी गरिदै छ। 

    sh.jpg

    ६. स्थानीय सरकार–पालिकासँग मिलेर अहिले संचालनमा रहेका तर स्तरोन्नति गर्न सकिने उद्योगहरु र नविन सोच भएका क्तबचतग्उ व्यवसायहरुलार्इ विकास र प्रबर्द्धन गर्ने कार्यक्रमको थालनी गरिएको छ । यस त्रममा ५ वटा पालिका संग सम्झौतासमेत गरि सकिएको छ । 

    प्रत्येक प्रदेशमा कम्तिमा ५ वटा पालिका पर्ने गरि बढिमा ४० पालिकामा यो बर्ष काम गर्ने, प्रदेश सरकार र पालिका संग सहकार्य गरिने छ।

    ७. बुँदा ६ को काम सम्पन्न गर्न हाम्रो देशमा उपलब्ध सक्षम जनशिक्तको त्भबm को च्यबकतभच बनाई काम शुरु गर्न थालनी गरि सकिएको छ।

    ८. उद्योगमा चाहिने दक्ष जनशक्ति तयार गरि आपूर्ति गर्न ऋत्भ्ख्त् सँग भएको पुरानो सहमति नवीकरण गर्ने र ऋत्भ्ख्त् लगायतका सरोकारवालाहरु सँगको सहकार्यमा सीप विकास तालिम सञ्चालन गर्ने कामको थालनी गरिएको छ।

    ९. देशैभरि लघु, घरेलु, साना र मझौला उद्योग र व्यवसायहरु ९mकmभ० लाई म्ष्नष्तबष्शिभ गर्दै  यिनीहरुको अनलाइन व्यापार प्रबर्द्धन गर्न नेपाल सरकार, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योगको सँयुक्त पहल र लगानीमा अन्तर्राष्ट्रिय स्तरको इ–कमर्श तथा एक्जिविसन साइट धधध।mकmभलभउब।िअयm तयार गरि लाइभ गरि सकिएको छ । 

    shyam.jpg

    यसलाई विकास गर्ने काम हुँदैछ ।  त्यसैगरि महासंघका अगुवाहरुसमेतको सहभागितामा विकास गरिएको व्यावसायिक सामाजिक सञ्जाल आफन्त ९धधध।बबाबलतब।अयm० मार्फत साना उद्योगी व्यवसायीको बजार प्रबर्द्धन गर्ने काम थालनी भइसकेको छ । 

    १०. महासंघको सांगठनिक जीवन व्यवस्थित गर्न छिट्टै विधान संसोधन साधारण सभा सम्पन्न गरि महाधिवेशनमार्फत नयाँ नेतृत्व स्थापित गरिने छ।

    विद्यमान परिस्थितिमा यी प्रयाशहरु लागू गर्न हाम्रा सबै भाईचारा छाता संस्थाहरु,  महासंघ र केन्द्रीय महिला उद्यमी समितीका सबै प्रदेश, जिल्ला र पालिका संघ–समितिहरु, यस्तै, सबै बस्तुगत संघका सबै तहहरु र सरोकारवालाको साथ–सहयोग–सहकार्य जरुरी छ । 

    त्यसैले सबैलाई समान उत्तरदायित्व बोधका साथ यो लागू गर्न अनुरोध गर्दछु।

    श्याम गिरी, अध्यक्ष 
    नेपाल घरेलु तथा साना उद्योग महासंघ

    साताको लोकप्रीय