मुक्तिनाथ विकास बैंकको नाफा ६२.७० प्रतिशतले बढ्यो, अधिकांश सूचकमा उत्साहजनक प्रगति 

मुक्तिनाथ विकास बैंकको नाफा ६२.७० प्रतिशतले बढ्यो, अधिकांश सूचकमा उत्साहजनक प्रगति 

अर्थ डबली
आइतवार, साउन ३१ २०७८
अर्थ डबली
आइतवार, साउन ३१ २०७८ (अर्काइभ बाट)
  • मुक्तिनाथ विकास बैंकको नाफा ६२.७० प्रतिशतले बढ्यो, अधिकांश सूचकमा उत्साहजनक प्रगति 

    काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडको गत आर्थिक बर्ष २०७७/०७८को चौथौ त्रैमासको वित्तीय विवरण प्रकाशित भएको छ ।

    images
    images

    उक्त वित्तीय विवरणअनुसार बैंकले कोरोना भाइरसको महामारीकाबीच अधिकांश सूचकमा उत्साहजनक सुधार गरेको देखिएको हो ।

    अघिल्लो आर्थिक बर्ष २०७६/०७७ को असार मसान्तमा ७० करोड ७४ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिकको सोही अवधिमा भने ६२.७० प्रतिशतले बृद्धि गरी १ अर्ब १५ करोड ९ लाख ७९ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । 

    यसैगरी बैंकले वितरणयोग्य मुनाफा रकममा पनि ८१.७९ प्रतिशतले बृद्धि गरेको छ । अघिल्लो आ.व.को चौथौ त्रैमासमा ४७ करोड ३३ लाख ६३ हजार रुपैयाँ वितरणयोग्य मुनाफा रहेकोमा समीक्षा अवधिमा सो रकम ८६ करोड ५ लाख ३२ हजार रुपैयाँ पुर्याएको हो । 

    चुक्ता पुँजी रकम ११.२५ प्रतिशतले बृद्धि गरेको यस बैंकले निक्षेप सङ्कलन ५१.६३ प्रतिशत र कर्जा लगानी ५२.९५ प्रतिशतले बृद्धि गरेको छ । यसैगरी बैंकको सञ्चित कोष रकम ४१.३६ प्रतिशतले बृद्धि हुँदा जगेडा रकम ३८.३९ प्रतिशत, खुद ब्याज आम्दानी १९.७० प्रतिशत, सञ्चालन मुनाफा ६१.५८ प्रतिशतले बढेको छ ।

    अघिल्लो आ.व.को असार मसान्तमा नेटवर्थ प्रतिशेयर १३३ रुपैयाँ ८९ पैसा रहेकोमा ७.६ प्रतिशतले बृद्धि गरी १४१ रुपैयाँ ४९ पैसा पुर्याएको छ । यसैगरी पुँजीकोष अनुपात २.०७ प्रतिशतले घटेको छ भने खराब कर्जा ०.२१ प्रतिशतले घटेको छ । हाल बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ९२ पैसा रहेको छ भने आधार ब्याजदर ८.०५ प्रतिशत, स्प्रेड रेट ४.४८ प्रतिशत र मूल्य आम्दानी अनुपात २७.४७ गुणा रहेको छ । 

    Report Muktinath bikas bank.JPG

     

    साताको लोकप्रीय