पसिना गन्हाउने समस्या छ ? यस समस्याबाट मुक्त हुन यसो गर्नुस्

पसिना गन्हाउने समस्या छ ? यस समस्याबाट मुक्त हुन यसो गर्नुस्

अर्थ डबली
शनिवार, श्रावण २ २०७८
अर्थ डबली
शनिवार, श्रावण २ २०७८ (अर्काइभ बाट)
  • पसिना गन्हाउने समस्या छ ? यस समस्याबाट मुक्त हुन यसो गर्नुस्

    आफूलाई सुन्दर र स्वस्थ्य राख्ने मन कसलाई हुँदैन र ! सुन्दरको अर्थ अनुहार राम्रो हुनु मात्रै होइन सौन्दर्य हाम्रो व्यवहार र दैनिकीसँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएको हुन्छ । 

    images
    images

    मानिसमा भएको आत्मविश्वास एवं सकारात्मक सोचले पनि मानिसलाई सुन्दर बनाउँछ । सधैँ फुर्तिलो रहन सबैभन्दा खानपिनमा दिनुपर्छ । 

    डायटिङ गर्ने, व्यायाम गर्ने, पानी धेरै पिउने, सागसब्जी फलफूलको सेवन बढी मात्रामा गर्ने, बोसोयुक्त, बन्द बट्टाका खानाहरू बढी नखाने, जङ्क फुडबाट टाढै रहने, भरसक हल्का खाना खाने गर्दा यसले हामीलाई स्वास्थ्य बनाउन सहयोग गर्दछ ।

    गर्मी महिनामा पसना बग्नु स्वभाविक हो । पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थिबाट बन्छ । यो ग्रन्धिको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो । छालाको माथिल्लो सतहमा नुनमुक्त पानी उत्पन्न हुन्छ र यही नै हो पसिना ।

    पसिना जानु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ तर पसिनाले गर्दा कपाल तेल हालेको जस्तो देखिनु, अनुहार चिल्लो देखिनु, काखी गन्हाउने, पसिना गन्हाउने, लुगामा पनि पसिनाले गर्दा पहेँलो दाग बस्ने जस्ता समस्याले हामी मध्ये कतिलाई हैरान बनाएको हुन्छ । 

    यस्ता समस्याबाट मुत्ति पाउनको लागि स्याहार तथा सरसफाइमा ध्यान दिनु त पर्छ नै यसका साथै यी समस्या समाधानको लागि निम्नअनुसारका उपाय अपनाउन सकिन्छ :

    गर्मी महिनामा हलुका कपडा सिल्क, कटन, सुतीजस्ता कपडाको प्रयोग गर्ने । 

    घाममा निस्कनु अगाडि छाताको प्रयोग दिनहुँ गर्ने बानी भएमा अवश्य पनि पसिना आउने र गन्हाउने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

    नुहाउँदा सधैँ फिटकिरीले काखीमुनि केही समयसम्म रगड्ने । गर्मीमा दिनको दुईपटकसम्म राम्रो वासनायुक्त साबुन प्रयोग गर्ने ।

    नुहाउने पानीमा निमको पात मिसाएर उमालेर नुहाउने । नुहाउने पानीमा कागती, डिटोल पनि प्रयोग गर्न सकिन्छ ।

    नुहाएपछि टेलकम पाउडर लगाउनाले पनि पसिना त्यति आउँदैन ।

    जुत्ता लगाउनु अगाडि पाउडर हालेर जुत्ता लगाउँदा पसिना आउँदैन ।

    लुगा लगाउनु अगाडि रोल अनको प्रयोग गर्ने । 

    लुगा फेर्नासाथ पट्टाएर नराख्ने किनकि पसिना गुम्सिएर लुगा गन्हाउन सक्दछ ।

    निम युक्त साबुन, बडी वासको प्रयोग गर्ने । घर बाहिर निस्कदा परफ्युम, बडी स्प्रेको प्रयोग गर्ने ।

    अनुहारमा मलमलको कपडामा केही आइसका टुक्रा राखी रगड्ने ।

    क्लिनजरले सफा गरी सन सनस्क्रिम क्रिम लगाउने ।

    सन सनस्क्रिम लगाएको आधी घन्टापछि फाउण्डेसन लगाउने, चायाँ, डार्क सर्कललाई कन्सिलरले छोप्ने र लुज पाउडर लगाउने ।

    हल्का रङको आइस्याडो, वाटर प्रुफ मस्करा, आइलाइनरको प्रयोग गर्ने ।

    गालामा अनुहारको रङअनुसार ग्लस लगाउने ।

    हल्का ग्लसको प्रयोग गर्ने, आफ्नो केश, कपडा र अनुहारलाई सुहाउँदो गरी मेकअप गर्ने ।

    कपालमा हेयर ड्राइको प्रयोग नगर्ने, धेरै पसिना आउने केश छ भने क्रिम नभएको दही, मेहेन्दी, नीमको धुलो कागतीको केही थोपा रस राखी हप्ताको एकपटक प्याक लगाउने ।

    व्यायाम गरेपछि सधैँ नुहाउने बानी बसाल्नुहोस् । हिजोआज ठाउँठाउँमा स्पा सेन्टर खुलेका छन् । 

    नुहाउँदा मस्तिष्कलाई पनि आनन्द मिल्ने हुँदा गर्मीमा स्पाको मज्जा लिन पनि नभुल्नुहोला ।

    साताको लोकप्रीय